मनुष्य चोला: ईश्वर निर्मित र मानव निर्मित संरचना संरक्षण र सम्बर्द्धनका लागि

मनुष्य चोला: ईश्वर निर्मित र मानव निर्मित संरचना संरक्षण र  सम्बर्द्धनका लागि

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  असार ४, २०७६

हे परमात्मा ! तपाईं कदापि अकारण कसैलाई पनि दण्ड दिनु हुन्न । जो दानशील छ, परोपकारी छ, त्यसलाई उसले गरेको फल दिनुहुन्छ । हे भगवान् ! तपाईंले दिनुभएको दान हामी प्राप्त गर्छौं । कतिपय मानिस आफ्नो मनमा अनेक प्रकारका दूषित विचार लिएर तदनुसार कार्य पनि गर्छन् । तर, त्यस कार्यको परिणाम आफ्नो अनुकूल भएन भने आफूलाई निर्दोष सावित गर्ने त्यस कार्य परिणामको दोष अरुको टाउकोमाथि थोपारिदिन्छ । जे–जस्तो परिणाम निस्के तापनि आफ्नो उत्तरदायित्वमा गरिएको कार्यको दोष अरु कसैलाई नदिएर त्यसको उत्तरदायित्व स्वयंले लिने हिम्मत गर्नुपर्छ । गल्ती मानवबाट मात्रै हुन्छ, अरु कुनै प्राणीबाट हुँदैन । यदि कसैबाट गल्ती भएको छ भने उसले आफ्ना कमी कमजोरीको पहिचान गरी त्यसलाई सुधार गर्ने प्रयत्न गर्नु उसको बुद्धिमानी ठहर्छ । 

ईश्वरले मनुष्यलाई एक चेतनशील प्राणको रूपमा यस सुन्दर पृथ्वीमा जन्म लिने मौका दिनुभएको छ । मानवका लागि रमणीय कार्य निर्धारण गरेर तदनुसारका आचरण गर्न आदेश पनि दिनुभएको छ । हामी मनुष्य जातिले परमात्माको आदेशलाई पालना गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । ईश्वरले कसैलाई पनि पक्षपातको दृष्टिले हेर्नुहुन्न, उहाँ सबैका लागि एक समान हुनुहुन्छ । जसले जस्तो कर्म गर्छ, उसलाई तदनुरूपको फल दिनुहुन्छ । यस जगतमा जे–जति कार्य भइरहेका छन्, ती सबै परमेश्वरको नियम–विधान अनुसार नै भएका छन् । त्यसकारण मनुष्यको सही मार्गको पहिचान गरी आत्मविश्वासका साथ दृढ बनेर आफ्नो लक्ष्यसम्म पुग्ने प्रयत्न गर्नुपर्छ । त्यसमा उसलाई अवश्य सफलता हुनेछ । 

परन्तु मनुष्य चोला नयाँ पुरुषार्थका लागि प्राप्त भएको हो, त्यसैले आफ्नो उद्दार गर्न नयाँ पुरुषार्थ गर्नुपर्छ । तदनुसार उसको भविष्यनिर्माण हुन्छ । कुनै पनि संरचना ईश्वरनिर्मित होस् वा मानवनिर्मित, त्यसको संरक्षण र  सम्बर्द्धन गर्नु मानवको कर्तव्य हो ।

जीवहरूले पनि अनुकूल र प्रतिकूल परिस्थितिमा आफ्नो कर्मको फल भोगिरहेका हुन्छन्, तिनीहरूको यो भोग कर्मको फल हो । यसलाई तिनीहरू क्षय गरिरहेका हुन्छन् । परन्तु मनुष्य चोला नयाँ पुरुषार्थका लागि प्राप्त भएको हो, त्यसैले आफ्नो उद्दार गर्न नयाँ पुरुषार्थ गर्नुपर्छ । तदनुसार उसको भविष्यनिर्माण हुन्छ । कुनै पनि संरचना ईश्वरनिर्मित होस् वा मानवनिर्मित, त्यसको संरक्षण र  सम्बर्द्धन गर्नु मानवको कर्तव्य हो । 

कुनै पनि संरचनालाई ध्वस्त पार्न जति सजिलो छ, त्यसको निर्माण गर्न धेरै गाह्रो छ । जुन उद्देश्य लिएर मानिसले आज आफ्नो शक्तिको प्रयोग गरिरहेको छ, त्यसलाई भावी सन्ततिले अनुमोदन गरेन भने शक्तिको दुरुपयोग मात्र हुनेछ । परमात्माको दण्डविधान पनि अनौठो छ । मानिसले आफूले गरेका कर्मको फलको भोग त्यस जन्ममा होस् वा अर्को जन्ममा भोग्नु नै पर्छ । यससम्बन्धमा एक श्लोक छ– 

नामुक्त क्षीमते कर्मः कोटि कल्पोशित रपि । 

अर्थात्, आफूले गरेको कर्मको फल कोटियाै‌ जन्ममा भए पनि नभोगी सुख छैन । जसले अनेक दुःख कष्ट भोगिरहेका छन् त्यो उनीहरूको दुष्कर्मको भोग हो । जुन व्यक्ति ईश्वरको भक्त छ र अन्य प्राणीलाई ईश्वरका संरचना ठानेर उनीहरूप्रति राम्रो व्यवहार गर्छ, उसले दुःख–कष्ट भोग्नु पर्दैन र त्यस्ताको असदगति पनि हुँदैन । आफ्नो मर्यादामा रहेर कर्तव्यपालना गर्नु मनुष्यको स्वधर्म हो । कसैले आफूलाई धर्मगुरु तथा कुनै निकायको पदाधिकारी मान्छ भने स्वस्थानमा रहेर कर्तव्यपालना गर्नु उसको स्वधर्म हो । यसैमा उसको श्रेय छ । कुनै उच्च मानेको छ र त्यस्ता व्यक्तिको

अपर्कीति हुनु भनेको उसका लागि मृत्युभन्दा पनि अझ दुःखदायी हुनु हो । मृत्यु हुँदा उसको भौतिक देह मात्र समाप्त हुन्छ, व्यक्तिलाई अन्य कुनै आघात पुग्दैन । 

परन्तु अपर्कीतिले उसको धर्म, मानमर्यादा, कर्तव्यबाट समेत च्यूत गरिदिन्छ । जुन मृत्युभन्दा पनि दुःखदायी बन्छ । त्यसैले कर्तव्यपालना र अकर्तव्यको त्याग गरेर यस लोक र परलोकको सिद्धि गर्न प्रयत्नशील रहनुपर्छ ।

ईश्वरले मानवलाई एक विलक्षण, विवेकशक्ति अनादर गरेर आफूलाई सांसारिक भोग एवं संग्रहमा नै लिप्त राख्छ । त्यस्ता मनुष्य र र पशुको जीवनमा खासै फरक हुँदैन । पशुमा कर्तव्यको ज्ञान रहँदैन । परन्तु, मनुष्यले त्यसका लागि आत्मसुधार गर्न आवश्यक छ ।