मोडलका रुपमा अशोक मुकारुङ (भिडियो सहित)

मोडलका रुपमा अशोक मुकारुङ (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  समाज  |  असार ५, २०७६

काठमाडौँ । गायक  अशोक मुकारुङ मोडलका रुपमा देखा पर्न थालेका छन् ।

उनले गीतकार जीवन मुकारुङको शब्द तथा एकान्त आङ्देम्बेको सङ्गीत र स्वर रहेको ‘झरिगयौ चढ्दाचढ्दै जिन्दगीको हिमाल’ बोलको गीतमा बनेको म्युजिक भिडियोमा मोडलिङ गर्नु भएकाे हाे ।

झरिगयौ चढ्दाचढ्दै जिन्दगीको हिमालको याे  म्युजिक भिडियो यहाँ हेर्न सकिन्छ

दर्पणको ब्यानरमा युट्युबमार्फत सार्वजनिक गरिएको भिडियो गीतकार जीवनले नै निर्देशन तथा छायाङ्कन गर्नुभएकाे हाे  । नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको गीत गीतकार तथा निर्देशक मुकारुङले आफ्नै जीवनमा घटित घटनामाथि आधारित रहेको जानकारी  दिनुभएकाे छ ।