‘नरमाइलो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘नरमाइलो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  समाज  |  असार ५, २०७६

काठमाडौँ । युवा अभिनेता तथा लेखक जीवन थापा ‘क्षिजित’ अभिनित नयाँ म्युजिक भिडियो ‘नरमाइलो लाग्छ होला २०७६ असार ४ बुुधबार तिम्रो मनमा’ सार्वजनिक भएको छ । 

चर्चित गायक प्रमोद खरेलको स्वर रहेको उक्त भिडियो विन्दावासिनी म्युजिक प्रा.लि.को ब्यानरमा युट्युबमार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अभिनेता थापाका साथमा एलिना श्रेष्ठ र दीपेन्द्र कार्कीले अभिनय गर्नुु भएको छ ।  नव मोडल एलिनाको यो दोस्रो भिडियो हो भने दीपेन्द्रको पहिलो हो । 

‘नरमाइलो’ म्युजिक भिडियो यहाँ हेर्न सकिन्छ

गीतकार रमेश कोइरालाको शब्द तथा सङ्गीतकार रत्नबहादुरको सङ्गीत रहेको भिडियो युवा निर्देशक गणेश उपाध्यायले निर्देशन गरेका हुन् । खरेलको ‘दिलदिल’ नामक एल्बममा समाविष्ट उक्त गीति भिडियो केदार राईले छायाङ्कन गर्नुभएको छ ।  भिडियोमा अति मिलनसार गरिब परिवारका दाजुभाइका बीचमा एउटी केटीका कारण आएको मनमुटाबको कथालाई विषयबस्तु बनाइएको छ ।