कोहलीद्वारा बलिङ अभ्यास

कोहलीद्वारा बलिङ अभ्यास
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ५, २०७६

काठमाडौं । भारतीय कप्तान विराट कोहलीले अभ्यास सत्रमा बलिङ अभ्यास गर्नुभएको छ ।

घरेलु क्रिकेटमा पार्ट टाइम बलर रहनुभएका कोहलीले बुधबार हार्दिक पाण्ड्याविरुद्ध बलिङ गर्नुभएको हो । यसपछि उहाँले ब्याटिङ अभ्यास गर्नुभयो । 

कोहलीले बलिङ अभ्यास गरेपछि कतिपयले अफगानिस्तानविरुद्धको खेलमा उहाँले बलिङ आँकलन गरेका छन् । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकपअन्तर्गत भारतले आगामी शनिबार (जुलाई २२) मा अफगानिस्तानविरुद्ध खेल्दैछ ।  

बलिङ करियर 

कोहलीले एकदिवसीय, टि–ट्वान्टी र इण्डियन प्रिमियर लिग (आइपिएल)मा समान चार विकेट लिनुभएको छ । टेस्टमा भने उहाँले विकेट लिन सक्नुभएको छैन । 

उहाँले एकदिवसीयका २३० खेलका ४८ पारीमा बलिङ गर्नुभएको छ, जसमा उहाँको इकोनोमी ६.२२ को रहेको छ । यस्तै, उहाँले टि–ट्वान्टीका ६७ खेलका १२ पारी, टेस्टका ७७ खेलका ९ पारी र आइपिएलका १७७ खेलका २६ पारीमा बलिङ गर्नुभएको छ । टि–ट्वान्टी, टेस्ट र आइपिएलमा उहाँको इकोनोमी क्रमशः २.८, ६.२२ र ६.८ रहेको छ ।