पर्वतारोहण सञ्चालक सङ्घमा पराजुली

पर्वतारोहण सञ्चालक सङ्घमा पराजुली

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार ६, २०७६

काठमाडौँ । पर्वतारोहण सञ्चालक सङ्घ नेपालको साधारण सभा २०७६ असार ५ गते बिहीबार काठमाडौँमा सम्पन्न भएको छ ।  

सम्मेलनले डम्बर पराजुलीको अध्यक्षतामा १३ सदसीय कार्यसमितिको चयन गरेको छ । उपाध्यक्षद्धयमा तेज्जीङ शेर्पा र ईश्वरी पौडेललाई, महासचिवमा शिवराज थापा, सचिवान दाव स्टेभन शेर्पा र कोषाध्यक्षमा ऋिषीराम भण्डारीलाई चयन गरेको छ । कार्यसमितिको सदस्यहरूमा बोधराज भण्डारी, कृष्णकुमार अर्याल, मुरारीकृष्ण शर्मा, नवीन त्रिताल, देवासाम्बु शेर्पा, जीवन घिमिरे र चाङ्गदेवा शेर्पालाइ चयन गरेको संघले जनाएको छ । 

उक्त साधारण सभाको अवसर पारेर यो सिजनको सगरमाथा र लोत्से हिमालमा डोरी टंग्ने (फिक्स रोप)शेर्पाहरुलाई पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्मन समेत गर्नुभएको थियो ।