सिन्धुपाल्चाेकका ११ विद्यालयलाई  75  फिल्टर

सिन्धुपाल्चाेकका ११ विद्यालयलाई  75  फिल्टर

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार ७, २०७६

सिन्धुपाल्चाेक । सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकका ११ विद्यालयमा ७५ कोलाइडल सिल्भर (चाँदी लेपन गरिएको क्याण्डल सहितको) फिल्टर उपलब्ध गराइएको छ ।

खानेपानी योजना निर्माणका बेला गरिएको पानीको गुणस्तर परीक्षणमा कोलिफर्म (दिसाको किटाणु) देखिएका विद्यालयमा कारितास स्वीटजरल्याण्ड र हेल्भेटास नेपालले कोलाइडल सिल्भर फिल्टर उपलब्ध गराउन थालेका हुन् ।

स्थानीय साझेदार संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चसँगको सहकार्यमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका ११ विद्यालयमा ७५ वटा कोलाइडल सिल्भर फिल्टर वितरण गरिएको छ ।

हेलम्बु आधारभूत विद्यालयमा छ, गोल्मादेवी माध्यामिक विद्यालयमा १२, महेन्द्र माध्यामिक विद्यालयमा १५, ज्योति भञ्ज्याङ आधारभूत विद्यालयमा दुई, सूर्योदय आधारभूत विद्यालयमा तीन, महाकाली निन्देश्वरी आधारभूत विद्यालयमा छ, जय बागेश्वरी माध्यमिक विद्यालयमा १२, जागेश्वरी आधारभूत विद्यालयमा पाँच, भञ्ज्याङ आधारभूत विद्यालयमा पाँच, सिद्धार्थ आधारभूत विद्यालयमा छ र कोलेचौर आधारभूत विद्यालयमा चार फिल्टर वितरण गरिएको छ