'कसले भन्छ म देखि टाढा छिन् उनी' भन्ने बोलकाे म्यूजिक भिडियाे सार्वजनिक (भिडियो सहित)

'कसले भन्छ म देखि टाढा छिन् उनी' भन्ने बोलकाे म्यूजिक भिडियाे सार्वजनिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  समाज  |  असार ७, २०७६

काठमाडौं  । डा. डीआर उपाध्यायको नयाँ गीत ‘कसले भन्छ म देखि टाढा छिन् उनी, हरपल आउने ति यादमा गाढा छिन् उनी...’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 

प्रसन्नले निर्देशन गरेको गीतको भिडियोमा अनु शाह, डा. डीआर र सागरलाई फिचरिङ गरिएको छ । विदुर पाण्डेको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गर्नुभएकाे छ ।  

सागर अधिकारी ‘शरद’को अत्यन्तै सुमधुर स्वरमा रहेको यो गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । टाढा भए पनि हर पलसँगै रहेकी मायालुको सम्झना गीतको भिडियोमा देखाइएको छ ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरि सक्नु भएकाे छ ।

कसले भन्छ म देखि टाढा छिन् उनी भन्ने बोलकाे म्यूजिक भिडियाे सुन्न सकिन्छ 

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।