दुरा सेवा समाजमा देवबहादुर

दुरा सेवा समाजमा देवबहादुर

लोकसंवाद संवाददाता  |  समाज  |  असार ७, २०७६

काठमाडाैँ । नेपालका अल्पसंख्यक दुरा समुदायको छाता संगठन दुरा सेवा समाजको काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशले देवबहादुर दुरा अध्यक्षत सहित  नयाँ केन्द्रीय कार्यसमिति  सर्वसम्मत रूपमा गठन गरेको छ ।

प्राप्त जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः सुरेशकुमार दुरा, बलबहादुर दुरा, बुद्धिबहादुर दुरा, नरविना दुरा र इन्द्रजङ्ग दुरा चयन हुनुभएको छ । 
सदस्यमा धर्मराज दुरा, नरबहादुर दुरा, चन्द्रबहादुर दुरा, ओमबहादुुर दुरा, पदमबहादुर दुरा र दिलु दुरा चयन हुनुभएको छ । 

नयाँ कार्यसमितिमा लमजुङ, तनहूँ, चितवन, कास्की र काठमाडौं जिल्लाबाट एक एकजना प्रतिनिधि  पछि मनोनित गरिने पनि समाजले जनाएकाे छ ।
असार ६ र ७ गते संस्थाको चौथो राष्ट्रिय महाधिवेश  काठमाडाैँमा सम्पन्न भएको हो । 

२०५१ सालमा स्थापित दुरा सेवा समाजको हालसम्म भक्तबहादुर दुरा, किशोर दुरा, लोकबहादुर दुरा र गोकुल दुराले अध्यक्षको रूपमा नेतृत्व गरिसक्नुभएको छ ।