हलिउड  अभिनेत्री मर्लिनको मूर्ति गायब

हलिउड  अभिनेत्री मर्लिनको मूर्ति गायब

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार ८, २०७६

काठमाडौं। एजेन्सी ।  हलिउडकी प्रख्यात अभिनेत्री मर्लिन मुनरोको मूर्ति पब्लिक आर्ट स्पेसबाट हराएको छ । लसएन्जल्सका प्रहरीले मुनरोको हराएको मूर्तिको खोजी कार्य शुरु गरेको छ ।

उनको मूर्ति पेन्टेड स्टेनलेस स्टीलसँगै एल्यूमिनियमको प्रयोग गरेर बनाइएको थियो । 

लसएन्जल्सका काउन्सिलमेन मिच ओ फरेलले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफुहरूसँग कोही व्यक्ति मूर्तिमा चढ्दै गरेको प्रमाण रहेको बताए ।

‘सीसीटीभी फुटेजमा एक व्यक्तिलाई यो मूर्तिको मुनी कुदिरहेको र एक व्यक्ति झोला बोकेर भागिरहेको देखिएको छ । तर त्यो झोलामा के छ भन्ने कुरा स्पष्ट देखिएको छैन्’, उनले भनेका छन् ।

मर्लिन हलिउडको सदाबहार सुन्दर अभिनेत्री मानिन्छिन् । उनको सुन्दरता, ग्ल्यामर, उनको प्रेमको किस्सा र उनको मृत्यु प्रकरण आफैंमा ‘लिजेन्ड’ बनेको छ । 

उनको नाम अमेरिकी राष्ट्रपति जोन केनेडीदेखि लिएर गायक फ्रेंक सिनात्रा र बेसबल खेलाडी जो डिमैगियोसम्म जोडिएको थियो । 

उनको सन् १९६२ मा ३५ वर्षको उमेरमा निधन भएको थियो । उनको के कारणले निधन भएको हो भन्ने अझै रहस्यको गर्भमै छ ।