लोकसंवाद संवाददाता | समाज | असार ८, २०७६
काठमाडौं । रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ ।
नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
‘दिलहीरा’ गीतको भिडियो यहाँ सुन्न सकिन्छ
अमृत सुनुवारले निर्देशन र छायाँकन गरेको गीतको भिडियोमा दीपा चाम्लिङलाई फिचरिङ गरिएको छ । भिडियोलाई माधव बेल्बासेले सम्मादन गर्नुभएकाे छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीत स्रोतारदर्शकमाझ पस्किएका छौ, यसले सबैको मन जित्नेमा हामी आशावादी छौ’, सङ्गीतकार हरि लम्सालले भन्न् भयाे ।