'नेपाल दर्शन' नमाक सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको तयारी

'नेपाल दर्शन' नमाक सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको तयारी

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ९, २०७६

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी  'नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । 

मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो ।

 प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले त्यस्तो प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रयरुपमा नेपाली गौरवको परिचय दिने बताउनुभयो । 
आफूहरुको वर्तमान कार्यकालभित्रसक्ने यस महत्वाकांक्षी योजनाका लागि ठूलै रकम चाहिने भएकाले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरी बजेट विनियोजन हुन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । 
यसमा सघाउन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिबद्धता दिइसक्नुभएको बताइएको छ । यसैबीच प्रतिष्ठानले आगामी अक्टोबर १५ देखि २० सम्म काठमाडौँमा दोस्रो चीन–दक्षिण एशिया साहित्य सम्मेलन गर्ने र यसबाट अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार हुने जनाएको छ ।