एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र अफगानिस्तानको सेमिफाइनल यात्रा समाप्त

एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र अफगानिस्तानको सेमिफाइनल यात्रा समाप्त
दक्षिण अफ्रिकाको क्रिकेट टिम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ९, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिका र अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । 

आइतबार राती सम्पन्न पाकिस्तानविरुद्ध ४९ रनको पराजयसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा सकिएको हो । 

दक्षिण अफ्रिकाले ७ खेलबाट ३ अंक जोडेको छ । उसले अब विश्वकपको लिग चरणको दुई खेल खेल्न बाँकी छ । यस्तोमा दुबै खेल जितेमा पनि उसको ७ अंक हुनेछ । जुन प्रतियोगिताका शीर्ष चारमा रहेको भारतभन्दा कम अंक हो । भारतको ८ अंक छ । 

यस्तै, अफगानिस्तानको पनि सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । शनिबार राती भारतसँग ११ रनले पराजित भएसँगै उसको सम्भावना सकिएको हो । 
चालू प्रतियोगिताका सबै ६ खेलमै पराजित भएको अफगानिस्तानले अहिलेसम्म अंक जोड्न सकेको छैन । लिग चरणको बाँकी तीन खेल जिते पनि उसको ६ अंक मात्रै हुनेछ ।