राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम

राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ९, २०७६

काठमाडाैँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका अलिखित संवेगहरु’ शीर्षक कवितामा द्वितीय हुनुभएको छ । यसैगरी लमजुङका प्रज्वल अधिकारीले ‘पाठशाला’, काठमाडौँका प्रकाश बस्नेत गफाडीले ‘इन्द्रधनुष’ र काठमाडौँकै शान्ति शर्माले ‘उज्यालोको गीत’ कवितामा तृतीय स्थान हासिल गरे । 

प्रतियोगितामा प्राप्त ३४० कवितामध्ये उत्कृष्ट ३१ कविता वाचनका लागि राखिएका थिए ।   सो अवसरमा प्रकाश सिलवाल, अश्विन समीप, उषा आचार्य, कल्पना काफ्ले, कविता राई, कुबेर खड्का, गरिमा शाह, छविलाल  आचार्य, तीर्थराज जोशी, तीर्थराज भट्ट, तोयानाथ भट्ट विश्वामित्र, त्रिभुवनचन्द्र वाग्ले, दीपक यात्री, को देवकी अभिलाषी, निराजन मौद्गल्य, पदम दाहाल, बालकृष्ण लम्साल, भुवन  शिवाकोटी, यात्रीप्रकाश पाण्डे, रञ्जु दाहाल, रमेश पौडेल, रेजिना  आपागार्इँ लक्ष्मीप्रसाद आचार्य, लीला दाहाल, सन्दीप सापकोटा बैतडीका हीरा भट्टलगायतले प्रतियोगी कविता वाचन गर्नुभएको थियो ।  

  त्यस्तै वासुदेव त्रिपाठी, अशेष मल्ल, शभ्भुकुमार मिलन, बाबा बस्नेत, मित्रलाल पङ्गेनी, नवराज लम्साल, धीरेन्द्र प्रेमर्षि, अनिता लामालगायतले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।

  वार्षिकोत्सव तथा कविता महोत्सवको उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । कविता महोत्सवमा प्रतिष्ठानका काव्य विभाग प्रमुख  हेमनाथ पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । समितिका सदस्यमा  गीता त्रिपाठी र प्रल्हाद पोखरेल रहनुभएको थियो ।