काठमाडौं उपत्यकामा बन्दको न्यून प्रभाव

काठमाडौं उपत्यकामा बन्दको न्यून प्रभाव

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १०, २०७६

काठमाडौँ — प्रहरीले आफ्नो सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या गरिएको विरोधमा  नेत्रविक्रम चन्द समूह (विप्लव)ले आव्हान गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा भने न्यून देखिएको छ । 

मंगलबार बिहानैदेखि सार्वजनिक यातायात संचालन भएको देखिन्छ । ट्याक्सी तथा माइक्रो गुडेको देखिन्छ भने सरकारी गाडी र मोटरसाइकल पनि प्रशस्तै गुडेको देखिन्छ । बजार आंशिक खुलेको देखिन्छ भने  शिक्षण संस्था भने पूर्णरुपमा बन्द छन् । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोकटीले उपत्यकामा निर्वाध रुपमा सवारी साधन सञ्चालनमा रहेको बताए।

बिहान किर्तिपुरमा शंकास्पद वस्तु भेटिएको थियो। किर्तिपुरको सार्वजनिक स्थानमा बोतलमा माटो भरेको अवस्थामा त्रास फैलाउन उक्त वस्तु राखिएको प्रहरीले जनाएको छ।