सगरमाथा आरोहण ‘बन्द गर्न’ उच्चस्तरमा चलखेल

सगरमाथा आरोहण ‘बन्द गर्न’ उच्चस्तरमा  चलखेल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १०, २०७६

काठमाडौं ।

घटना १: प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमणमा रहँदा बिबिसी विश्वसेवाले सगरमाथाको ट्राफिक जामबारे प्रश्न  गरेका थिए । उक्त प्रश्न र प्रधनमन्त्रीको जवाफलाई लिएर नेपालमा पनि चर्चित रहन पुग्यो । कारण– यो प्रश्न प्रधानमन्त्रीलाई यो प्रश्न सोध्ने  पूर्व जानकारी थिएन । 

उक्त बार्ता पुरापुर सगरमाथा आरोहणको वरीपरी केन्द्रीत हुनुलाई पनि सगरमाथामा ट्राफिक जाम अत्याधिक देखाएर आरोहण ‘बन्द गर्ने’ चलखेल त होइन ? भन्ने विषयमा पर्यटन व्यावसयीहरुले विचमा चर्चा चलिरहेको छ  अथावा यसबारे प्रश्न उठ्न थालेको छ । 

घटना २: यस वर्ष विभिन्न विदेशी सञ्चार माध्यमले ‘सगरमाथामा ट्राफिक जामका कारण ९ आरोहीको ज्यान गएको’ समाचार प्रकाशित गरे । 

सगरमाथाको विषय विश्व–चासो भएर मात्रै यो कभरेज गरिएको होइन, यसमा आरोहण ‘बन्द गर्ने’ नियत रहेको कतिपयको बुझाइ छ । सगरमाथाबारे ‘भ्रमपूर्ण’ प्रचार गरी आरोहण बन्द गर्ने नियतमा रहेको उनीहरूको भनाइ छ । पर्यटन विभागले विदेशी सञ्चारमाध्यममा उल्लेख ‘ट्राफिक जामका कारण सगरमाथा आरोहीको मृत्यु भएको’ तथ्य सही नभएको भनि स्पिष्टिकरण नै दिनुपर्ने अवसग सृज्ना भयो ।  

विभागले प्रतिकूल मौसम र आरोहीको शारीरिक कमजोरीका कारण आरोहीको मृत्यु भएको दाबी गरेको छ । ‘त्यसो भए सगरमाथामा भीड नभएको दिन मे २५ र २७ मा कसरी आरोहीको मृत्यु भयो त ?’  विभागकी निर्देशक  मिरा आचार्यले प्रश्न गर्नुभयो । त्यसकारण ट्राफिक जाम नभई वातावरणीय परिवर्तनका कारण आरोहीको मृत्यु उहाँको दाबी छ । ‘तर, यसतर्फ कसैको ध्यान गएको देखिँदैन,’ उहाँले भन्नुभयो । उहाँका अनुसार विगतका वर्षमा १०–१२ दिन ‘विन्डो ओपन’ हुन्थ्यो । तर, यसपटक २–३ दिन मात्र विन्डो ओपन थियो । 

र्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पनि विदेशी सञ्चारमाध्यमले प्रस्तुत गरेजस्तो सगरमाथा आरोहणका लागि ‘अधिक अनुमति वितरण’नगरिएको र विगत वर्षको भन्दा ३५ जना मात्र बढी हो । भन्नु हुन्छ । महानिर्देशक डण्डुराज घिमिरे  सगरमाथा आरोहण बन्द गर्न लागेको कुरा स्विार गर्नुहुन्न र भन्नु हुन्छ ‘यो मनगडन्ते कुरा हो ।’ मन्त्रालयले छानविन समिति बनाएको छ र त्यसले काम गरिरहेको छ त्यसले के प्रतिवेदन दिन्छ  हराै‌ भन्नुभयाे ।   

यी त प्रतिनिधि घटना मात्रै हुन्, पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा सगरमाथामा आरोहण ‘बन्द’ गर्ने चलखेल भइरहेक कुरा भित्रभित्रै भइरहेको व्यावसायीले दावी गर्ने गरेका छन ।  

यसबारे राष्ट्रिय रूपमा पनि चलखेल भइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार संस्कृति, पर्यटन तथा  नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र ‘नेपाल भ्रमण वर्ष २०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य सगरमाथा आरोहणमा ‘बन्द गर्न’ सक्रिय भएको आरोप व्यापरीहरुले लगाउने गरेका छन् । 

सचिव सापकोटा सगरमाथा आरोहणमा ज्यान गुमाउने कारणबारे छानबिन गर्न गठित समितिबाट सिफारिस गराएर आरोहण बन्द गर्ने लबिङमा रहेको आरोप लागेको छ भने ‘नेपाल भ्रमण वर्ष २०२०’ का कार्यक्रम संयोजक वैद्य सगरमाथा आरोहण ‘बन्द गर्न’ दबाब आएको भन्दै कुटनीतिक रुपमा व्यावसायीहरुसँग प्रस्तत हुन थाले पछि व्यावसायीहरु सशंकित हुन थालेका छन ।  

सचिव सापकोटाले समिति बनाएको आफूलाई लागेको ‘बन्द गर्न’  लाग्यो भन्ने आरोप सत्य नभएको भयाे । उहाँले भन्नुभयाे गलत सूचना आएजस्ताे छ । ‘यसका लागि समिति बनाएका छौं । समितिले जे सिफारिस गर्छ, त्यसका आधारमा विज्ञहरूसँग छलफल गरी निर्णय गर्नेछौं,’ उहाँले भन्नुभयो । 

पर्यटन मन्त्रालयका सचिवको चासो 

२०७६ जेठ २३ गतेदेखि २६ सम्म (सन् २००९ जुन ६ देखि ९ सम्म) काठमाडौंमा आयोजना गरिएको तेस्रो हिमालय ट्राभल मार्टमा थाइल्याण्डका कन्सल्टेण्ट डा. वर्ट भेन वालवेकले प्रस्तुत गरेको ‘इमोसनल इन्टेलिजेन्स (इआई) एण्ड टुरिजम इन नेपाल’ विषयक कार्यपत्रमा सगरमाथामा आरोहण ‘बन्द गर्ने’ विषय उठाउनुभएको थियो । उहाँले थाइल्याण्ड र फिलिपिन्सले केही हिमालमा रोक लगाएको उदाहरणसमेत प्रस्तुत गर्नुभएको थियो । 

स्रोतका अनुसार सचिव सापकोटालाई उहाँको विकल्पले आकर्षण गर्‍यो । त्यसपछि उहाँले तत्काल ‘नेपाल भ्रमण वर्ष २०२०’को आफ्नो अध्यक्षतामा रहेको कार्यक्रम कार्यान्वयन उपसमितिको बैठकमा राख्नुभयो । डा. वर्ट भेन वालवेकको प्रस्तुतीलाई पुनः प्रस्तुत गर्ने वातावरण सृजना गर्नुभयो ।  उपसमितिमा डा. वालवेकले धेरै विकल्प अघि सार्नुभएको तर सचिव सापकोटा भने बन्दको पक्षमा अनौपचाकि अभिव्यक्ति दिने गर्नु भएकोे उपसमितिको सदस्यहरुको जानकारी दिएका छन् 

चीनको चासो

सगरमाथा आरोहणबारे सबैभन्दा बढी चीनले चासो हुने गरेको छ । यसपटक पनि भारतीय सैनिकको १५ जनाको टेली र  प्रहरीको दुई टोली १५–१५ जनाको  छुट्टाछुट्टै टोलीले सगरमाथा आरोहण गरेकाे विषयमा पनि चीनले चासो देखाएको बताइन्छ । चीनले सुरक्षाको कारण देखाउँदै सगरमाथा आरोहणबारे चासो देखाउने गरेको छ । त्यही कारण चीन सगरमाथा आरोहण ‘बन्द गर्न’ समयसमयमा दबाब दबाब दिने गरेको छ । 

'बेजिङ वलम्पिक' देखाएर चीनकै दबाबका कारण सन् २००८ मा सगरमाथा आरोहण ‘बन्द गर्ने’ निर्णय गरेको थियो । तर, उक्त निर्णय १५ दिनमै खारेज भएको थियो । शेर्पाले विभाग घेराउ गरेपछि ‘राजनीतिक गतिविधि’ (फ्रि तिब्बतसम्बन्धी जो सम्झौतामा उल्लेख छैन) नगर्ने  एजेन्सीहरुसँग सम्झौता गरी सरकारले निर्णय फिर्ता लिएको थियो । 

किन हुन्छ सगरमाथामा ट्राफिक जाम ?

जानकारहरूका अनुसार अव्यवस्थित आरोहणका कारण सगरमाथामा ट्राफिक जाम हुने गरेको पाइएको छ । ‘सगरमाथा आरोहण गर्ने टोलीले हचुवामा आरोहण गर्दा ट्राफिक जाम भएको हो,’ एक ट्रेकिङ व्यवसायीले भने, ‘आरोहण गर्ने टोलीसँग आरोहण–तालिका पनि हुँदैन । उनीहरू पुरानो र अनुुभवी टोली जतिखेर चुचुरोतर्फ लाग्छन् त्यहीबेला टोलीको पछि लाग्नेको बाहुल्यता रहने हुँदा ट्राफिक जाम हुने गर्छ । यस वर्ष पनि त्यही भएको हो ।’ 

ती व्यवसायीका अनुसार यो सिजनमा जेठ ७ गते नै धेरै टोली आरोहणमा गएका थिए । उक्त दिन हावा चलेको भन्दै ५० भन्दा बढी आरोही क्याम्प ४ मै बसे । र, भोलिपल्ट चुचुरोतर्फ लागे । जसका कारण ट्राफिक जाम भयो । र, केही आरोहीले ज्यान गुमाए । 

विभागले आरोहण तालिका मिलाउन नसक्दा ट्राफिक जाम भएको उनको आरोप छ । सगरमाथाको बेस क्याम्पमा खटिने सम्पर्क अधिकृतले आरोहणको समयतालिका नमिलाउँदा यसपटक ट्राफिक जाम भएको उहाँको भनाइ छ । 

कतै ट्राफिक जामको कारण देखाएर सगरमाथा आरोहण निषेध गर्ने खेल त होइन भन्ने जिज्ञासामा पर्यटन मन्त्रालयका प्रवत्ता तथा सहसचिव घनश्याम उपाध्याय भन्नुहुन्छ, ‘यसबारे यकिन गर्न सकिने आधार छैन । तर, यसबारे आयोगले छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नेछ ।’  

कुन देशका आरोहीले गुमाए ज्यान ? 

यस सिजनमा सगरमाथामा मात्र आरोहणका क्रममा एक नेपाली सहयोगीसँगै भारतका चार, अमेरिकाका दुई, बेलायत र आयरल्याण्डका एक–एक आरोहीका ज्यान गएको छ यो सिजनमा हिमाल आरोहणका क्रममा १७ जनाको ज्यान गएको विभागले जनाएको छ । 

सरकारले सगरमाथामा ज्यान गुमाउनेको कारणबारे जाँचबुझका लागि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायको संयोजकत्वमा गठित समितिमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, निर्देशक मिरा आचार्य, टानका अध्यक्ष नवराज दाहाल तथा पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा छन् । समितिले ४५ दिनभित्र प्रतिवेदन प्रस्तुत गनुपर्नेछ । 

सचिव सापकोटाले यही समितिलाई उपयोग गरेर सगरमाथा आरोहण बन्दका लागि सिफारिस गराउन सक्ने ‘सम्भावना’ रहेको व्यावसायीको आरोप लगाइरहेका छन् । 

के भएको थियो सगरमाथामा ?

पर्यटन विभागले यस वर्ष अर्थात् सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा हिमाल आरोहणका लागि ४४ दलका ३८१ आरोही र तिनका सहयोगी (सरदार, गाइड र शेर्पा) गरी ६४२ लाई आरोहण अनुमति दिएको थियो । विभागले २०७६ जेठ २९ मा प्रेस विज्ञप्ति जारी गरी २८१ आरोही र ३७८ सहयोगी गरी ६५९ ले सफल आरोहण र तीमध्ये ९ जनाले ज्यान गुमाएको तथ्य सार्वजनिक गरेको छ ।