एकदिवसीय विश्वकप क्रिकेट : अस्ट्रेलिया सेमिफाइनलमा

एकदिवसीय विश्वकप क्रिकेट : अस्ट्रेलिया सेमिफाइनलमा
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ११, २०७६

काठमाडौं । अस्ट्रेलिया इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । 

मंगलबार राती इग्ल्याण्डलाई ६४ रनले हराउँदै अस्ट्रेलिया सेमिफाइनल पुगेको हो ।

चालू प्रतियोगितामा अस्ट्रेलियाले ७ खेलमा ६ मा जित निकाल्दै १२ अंक बटुलेको छ । चालू प्रतियोगितामा सेमिफाइनल पुग्नका लागि यो अंक पर्याप्त छ । 

अंकतालिकामा न्युजिल्याण्ड दोस्रो स्थानमा छ । उसको ६ खेलबाट ११ अंक छ । तेस्रो स्थानमा रहेको भारतले  ५ खेलबाट ९ अंक बटुलेको छ भने चौथो स्थानको इग्ल्याण्डले ७ खेलबाट ८ अंक छ । 

यस्तै, बंगलादेश ७ खेलबाट ७ अंकसहित पाँचौं, श्रीलंका ६ खेलबाट ६ अंकसहित छैठौं,  पाकिस्तान ६ खेलबाट ५ अंकसहित सातौं र वेस्ट इण्डिज ६ खेलबाट ३ अंकसहित आठौं स्थानमा छन् ।