एसइई नतिजा : कुन ग्रेडमा कति ?

एसइई नतिजा : कुन ग्रेडमा कति ?

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १२, २०७६

काठमाडौं । २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नतिजा सार्वजनिक भएको छ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार १७ हजार पाँच सय ८० जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । यस्तै, ५१ हजार १ सय ३७ ले ‘ए’, ६३ हजार ७ सय ४१ ले ‘बी प्लस’, ७६ हजार ५ सय ६४ ले ‘बी’, ९८ हजार २ सय ७ ले ‘सी प्लस’, ९५ हजार ३ सय ७ ले ‘सी’, ४३ हजार ८ सय ४१ जनाले ‘डी प्लस’ र ४ हजार ४ सय २९ ले ‘डी’ ग्रेड ल्याएका छन् । 

गत चैत १० गतेदेखि २१ सम्म चलेको परीक्षामा ४ लाख ७५ हजार ३ विद्यार्थी सहभागी थिए ।