करिश्माको ‘बी प्लस’, शान्ताको ‘बी’

करिश्माको ‘बी प्लस’, शान्ताको ‘बी’

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १२, २०७६

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अभिनेत्री करिश्मा मानन्धरले ‘बी प्लस’ ग्रेड ल्याउनुभएको छ । 

मानन्धरको नतिजाले दर्शक तथा शुभचिन्तकमा खुसीयाली छाएको छ । 

मानन्धरले काठमाडौं, मैतीदेवीस्थित त्रिवेणी माविबाट एसइईमा सहभागी हुनुभएको थियो ।

यस्तै, संघीय संसद्की सांसद् शान्ता चौधरीले एइई परीक्षामा ‘बी’ ग्रेड ल्याउनुभएको छ ।