एसइई नतिजा : माथिल्ला ग्रेडमा निजी र तल्ला ग्रेडमा सामुदायिक विद्यालयका विद्यार्थी बढी

एसइई नतिजा : माथिल्ला ग्रेडमा निजी र तल्ला ग्रेडमा सामुदायिक विद्यालयका विद्यार्थी बढी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १२, २०७६

काठमाडौं । २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार माथिल्ला ग्रेडमा निजी विद्यालयका विद्यार्थी बढी छन् । तल्ला ग्रेडमा सामुदायिक विद्यालयका विद्यार्थीको बाहुल्यता छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार १७ हजार पाँच सय ८० जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन्, जसमा सामुदायिकतर्फ २ हजार ७ सय ९२ छन् भने निजीतर्फ १४ हजार ७ सय ८८ छन् । यस्तै, ५१ हजार १ सय ३७ जनाले ‘ए’ ग्रेड ल्याएका छन्, जसमा सामुदायिकतर्फ ११ हजार २ सय २३ विद्यार्थी छन् भने निजीतर्फ ३९ हजार ९ सय १४ छन् । 

६३ हजार ७ सय ४१ जनाले ‘बि प्लस’ ग्रेड ल्याएका छन्, जसमा सामुदायिकतर्फ २६ हजार ३ सय ६६ छन् भने निजीतर्फ ३७ हजार ३ सय ७५ छन् । यस्तै, ७६ हजार ५ सय ६४ जनाले ‘बी’ ग्रेड ल्याएका छन्, जसमा सामुदायिकतर्फका ५३ हजार ७ सय ३० छन् भने निजीतर्फका २२ हजार ८ सय ३४ छन् । 

त्यसैगरी ९८ हजार २ सय ७ जनाले ‘सी’ प्लस ल्याएका छन्, जसमा सामुदायिकतर्फ ८७ हजार ४ सय ४२ छन् भने निजीतर्फ १० हजार ७ सय ६५ छन् । एसइईमा ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या ९५ हजार ३ सय ७ छ, जसमा सामुदायिकतर्फका ९० हजार ४ सय ४५ र निजीतर्फका ४ हजार ८ सय ६२ छन् । 

४३ हजार ८ सय ४१ जनाले ‘डी प्लस’ ग्रेड ल्याएका छन्, जसमा सामुदायिकतर्फका ४२ हजार ३ सय ६३ र निजीतर्फका १ हजार ४ सय ७८ छन् । 

४ हजार ४ सय २९ जनाले ‘डी’ ग्रेड ल्याएका छन्, जसमा सामुदायिक तर्फका ४ हजार २ सय ९६ र १ सय ३३  छन् ।