एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै श्रीलंका

एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै श्रीलंका

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १३, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज श्रीलंका र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दैछन् । श्रीलंकाले टस हारेर ब्याटिङको निम्तो पाएको छ । 

सेमिफाइनलको सम्भावना कायम राख्न श्रीलंकालाई आजको खेल जित्न आवश्यक छ । आजको खेलमा पराजय भोगे श्रीलंकाको सेमिफाइनल यात्रा कमजोर बन्नेछ । 
त्यसकारण श्रीलंकालाई आजको खेल करो या मरोको स्थितिमा छ ।

चालू प्रतियोगितामा श्रीलंकाले ६ खेलबाट ६ अंक बटुल्दै अंकतालिकामा सातौं स्थानमा छ । श्रीलंकाले चालू प्रतियोगितामा दुई खेलमा जित हासिल गरेको थियो भने दुईमा नतिजा बाँडेको थियो ।

अंकतालिकामा अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ । यस्तै, भारत ११ अंकसहित दोस्रो स्थानमा छ । न्युजिल्याण्ड तेस्रो स्थानमा छ । उसको पनि ११ अंक छ ।अंकतालिकाको चौथो स्थानमा रहेको इग्ल्याण्डको ८ अंक छ । पाँचौं र छैठौं स्थानमा क्रमशः बंगलादेश र पाकिस्तान छन् । दुवैको समान ७ अंक छ । 

आठौं, नवौं र दसौं स्थानमा क्रमशः वेस्ट इण्डिज, दक्षिण अफ्रिका र अफगानिस्तान छन् । यी तीनवटै टिम सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् । 

यस्तोमा आजको खेल फराकिलो अन्तरमा जिते श्रीलंका इग्ल्याण्डलाई पछि पार्दै चौथो स्थानमा पुग्न सक्छ । 

उता दक्षिण अफ्रिका सेमिफाइनल यात्राबाट बाहिरिसकेकाले साख जोगाउने रणनीतिमा छ । प्रतियोगिता सुरु हुनुअघि दाबेदारका रूपमा गनिएको दक्षिण अफ्रिकाको प्रदर्शन निराशाजनक देखिएको छ ।