भारतको जितको कामना गर्दै पाकिस्तानी !

भारतको जितको कामना गर्दै पाकिस्तानी !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १५, २०७६

काठमाडौं । विश्वभर भारत र पाकिस्तानको खेल हेर्न नचाहने क्रिकेटप्रेमी कमै होलान् । क्रिकेटप्रेमीले खेल हेर्न रुचाए पनि यी दुई टिमबीच ‘पानी बाराबार’को स्थिति छ ।  

यस्तोमा पाकिस्तानी क्रिकेट समर्थकले आइतबार भारतीय टिमको जितका लागि कामना गरेका छन् । यो कामना एक-अर्काको बिग्रेको सम्बन्ध सुधार्न होइन, पाकिस्तानलाई सेमिफाइनल पुर्याउनका लागि हो । 

भारतले इग्ल्याण्डविरुद्ध आज भइरहेको खेल जिते पाकिस्तानलाई सेमिफाइनल पुग्न सहज हुनेछ । अहिले पाकिस्तान अंकतालिकामा चौथो स्थानमा छ । पाकिस्तानको ८ खेलबाट ९ अंक छ । पाँचौ स्थानको इग्ल्याण्डको ७ खेलबाट ८ अंक छ । आजको खेलमा भारत जिते इग्ल्याण्डको ८ अंक हुनेछ । र, पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ । तर, इग्ल्याण्डले खेल जिते पाकिस्तानको सम्भावना कम हुनेछ । 

यति मात्रै होइन, बंगलादेश र श्रीलंकालाई पनि आजको खेलमा भारतले जिते फाइदा पुग्नेछ । यस्तोमा ती टिमको पनि सेमिफाइनलको सम्भावना बलियो हुनेछ । 
बंगलादेशको ७ खेलबाट ७ अंक छ । समान खेल खेलेको श्रीलंकाको ६ अंक छ । 

बंगलादेशले पाकिस्तान र भारतविरुद्ध खेल्न बाँकी छ भने श्रीलंकाले भारत र वेस्ट इण्डिजविरुद्ध खेल्न बाँकी छ ।