विश्वकपमा रिषभ पन्तको डेब्यु

विश्वकपमा रिषभ पन्तको डेब्यु
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १५, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा रिषभ पन्तले डेब्यु गरेका छन् । 

उनले आइतबार भारतविरुद्धको खेलमा डेब्यु गरेका हुन् । 

एकदिवसीय खेलमा भने उनले गत वर्षको अक्टुवर २८ मा डेब्यु गरेका थिए । उनले ५ एकदिवसीय खेलका ४ इनिङमा १३०.९८ को स्ट्राइक रेटमा ९३ रन जोडेका छन् । उनको उच्च स्कोर ३६ रन छ । 
भारतीय टिमका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन विश्वकपबाट बाहिरिएपछि पन्त विश्वकपको टिममा परेका हुन् । तर, त्यसपछिका चार खेलमा पन्त टिममा परेका थिएनन् ।