चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य नै नौ करोड !

चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य नै नौ करोड !

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १६, २०७६

चीन/ सिन्ह्वा ।  चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ ।

पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको पार्टीले जनाएको छ  । जुन अघिल्लो वर्षभन्दा ३९ हजारले बढी हो ।

पार्टीका सदस्यमा नियुक्त गरिएकाहरुमा करिब ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् भने ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो