एकदिवसीय विश्वकप क्रिकेट : शतक बनाउनेमा रोहित अग्रस्थानमा

एकदिवसीय विश्वकप क्रिकेट : शतक बनाउनेमा रोहित अग्रस्थानमा
इग्ल्याण्डविरुद्ध सट प्रहार गर्दै भारतका रोहित शर्मा । तस्बिर : हिन्दुस्थान टाइम्स ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १६, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा हुनुहुन्छ ।

उहाँले ६ खेलबाट तीन शतक र एक अर्धशतक प्रहार गरिसक्नुभएकाे छ ।  

यस्तै, पाँच खेलाडीले दुई शतक प्रहार गरेका छन् । यसमा अस्ट्रेलियाका डेभिड वार्नर र आरोन फिन्च, बंगलादेशका सकिब अल हसन, इग्ल्याण्डका जोय रुट र न्युजिल्याण्डका केन विलियम्सन छन् । यीमध्ये विलियम्सनबाहेक अन्य खेलाडीले तीन अर्धशतक पनि प्रहार गरेका छन् । 

एक शतक प्रहार गर्ने खेलाडीको संख्या ७ छ । यसमा इग्ल्याण्डका जोनी बेरस्ट्रो, जेसन रोय, इयान मोगर्न र जस बटलर, पाकिस्तानका बाबर आजम, बंगलादेशका मुस्तफिर रहिम तथा वेस्ट इण्डिजका कार्लाेस बे्रथवेट छन् । 

सर्वाधिक रन बनाउनेमा छैठौं 

रोहित चालू प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भने छैठौं स्थानमा हुनुहुन्छ । उहाँले ६ खेलबाट ४४० रन बनाउनुभएकाे छ । 

यो सूचीमा वार्नर अग्रस्थानमा हुनुहुन्छ । उहाँले ८ खेलबाट ५१६ रन बनाएका छन् । यस्तै, फिन्च, हसन, रुट र विलियम्सन क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । उनीहरूले क्रमशः ५०४, ४७६, ४७६ र ४५४ रन बनाएका छन् । 

भारतका कप्तान विराट कोहली यो सूचीमा सातौं स्थानमा हुनुहुन्छ । उहाँले छ खेलबाट ३८२ रन बनाउनुभएकाे छ ।