ट्विटरका यी प्रयोगकर्तालाई आउन सक्छ समस्या

ट्विटरका यी प्रयोगकर्तालाई आउन सक्छ समस्या

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  असार १६, २०७६

काठमाडौं । प्रविधिको विकाससँगै मानिस ‘भर्चुअल’ दुनियामा रमाउन थालेका छन् । सामाजिक सञ्जालमा मानिसको पहुँच बढेको छ । जसका कारण सामाजिक सञ्जाल खबर सम्प्रेषणको माध्यम पनि बनेको छ । यसले जीवनशैली सहज पनि बनाएको छ । 

तर, यसमा केही विकृति देखिएका छन् । पछिल्लो समय ट्विटर, फेसबुकलगायत सोसल मिडिया प्लेटफर्ममा कुनै खास व्यक्ति तथा समुदायलाई भड्काउने सन्देश भाइरल भइरहेका छन् । त्यति मात्रै होइन, यस्ता सन्देशमा गलत तथ्य पनि दिने गरिएको छ । 

त्यसकारण अब ट्विटरले व्यक्ति तथा समुदायलाई भड्काउने खालका ट्विटलाई लगाम लगाउने निर्णय गरेको छ । त्यसकारण यस्ता ट्विटर प्रयोगकर्तालाई समस्या आउन सक्छ । ट्विटरले भड्काउने खालका ट्विटमाथि विशेष नजर राख्ने बताएको छ । ट्विटरका अनुसार यो अभियानमा लोकप्रिय नेता, भेरिफाइड अकाउन्ट तथा एक लाख भन्दा बढी फ्लोअर्स भएका अकाउन्टमा खास नजर राखिनेछ । र, नियम उल्लंघन गर्नेलाई नोटिफिकेसन पठाइनेछ । 

भड्काउने खालका ट्विट गर्ने अकाउन्टमा निगरानीका लागि एक खास टिम बनाइएको ट्विटरले जनाएको खबर एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे हाे।