रोहितले गरे सचिनको रेकर्ड बराबर

रोहितले गरे सचिनको रेकर्ड बराबर

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १८, २०७६

काठमाडौं । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरको विश्वकपको एक सिजनमा बनाएको ‘म्यान अफ द म्याच’को रेकर्ड बराबरी गरेका छन् । 

मंगलबार राती बंगलादेशविरुद्धको खेलमा ‘प्लेअर अफ द म्याच’ घोषित भएसँगै शर्माले तेन्दुलकरको रेकर्ड बराबर गरेका हुन् । चालू प्रतियोगितामा शर्माले ३ पटक यो उपलब्धी हासिल गरेका छन् । 

यसअघि सन् २००३ मा सचिन तेन्दुलकरले पनि एक विश्वकपमा ३ पटक ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । 

यो रेकर्डको कीर्तिमान भने भारतकै पूर्वक्रिकेटर युवराज सिंहको नाममा छ । उनी सन् २०११ को विश्वकपमा ४ पटक ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । 

उनको यो रेकर्ड शर्माले यसै सिजनमा तोड्न सक्छन् । किनकि चालू प्रतियोगितामा भारतले कम्तिमा दुई खेल खेल्नेछ ।