एकदिवसीय विश्वकप क्रिकेट : इग्ल्याण्ड ‘गर वा मर’को स्थितिमा

एकदिवसीय विश्वकप क्रिकेट : इग्ल्याण्ड ‘गर वा मर’को स्थितिमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १८, २०७६

काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत इग्ल्याण्डले न्युजिल्याण्डविरुद्ध आज राउन्ड रोबिन चरणको आफ्नो अन्तिम खेल खेल्दैछ ।

यस्तोमा इग्ल्याण्ड सेमिफाइनल यात्राका लाग खेल खेल्दैछ । यस्तोमा इग्ल्याण्ड सेमिफाइनल यात्राका लागि ‘गर वा मर’को स्थितिमा छ । 

यस्तो छ सेमिफाइनल समीकरण 

चालू प्रतियोगितामा अस्ट्रेलिया र भारत सेमिफाइनलमा पुगिसकेका छन् । अब सेमिफाइनलका लागि दुई टिमको मात्रै टुंगो लाग्न बाँकी छ । त्यसमा चार टिमको दौड छ । न्युजिल्याण्ड, इग्ल्याण्ड, पाकिस्तान र श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना छ । तर, श्रीलंकाको झिनो सम्भावना मात्रै छ । 

अस्ट्रेलियाको ८ खेलबाट १४ अंक छ भने समान खेल खेलेको भारतको १३ अंक छ । तेस्रो स्थानको न्युजिल्याण्डको ८ खेलबाट ११ अंक छ । र, चौथो स्थानको इग्ल्याण्डको पनि समान खेलबाट १० अंक छ । समान खेल खेलेका पाकिस्तान र श्रीलंकाको क्रमशः ९ र ८ अंक छ । यी टिम क्रमशः पाँचौं र छैठौं स्थानमा छन् । 

बाँकी टिम सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् ।

यस्तोमा इग्ल्याण्डलाई सेमिफाइनल पुग्न आजको खेल जित्नैपर्नेछ । त्यो अवस्थामा इग्ल्याण्डको १२ अंक हुनेछ । र, सेमिफाइनल पुग्नेछ । 

त्यसो त न्युजिल्याण्डको पनि सेमिफाइनल यात्रा सुनिश्चित भइसकेको छैन । यद्यपि, सम्भावना भने प्रवल छ । 

आजको खेलमा इग्ल्याण्डसँग फराकिलो पराजय भए र पाकिस्तानले बंगलादेशलाई पनि फराकिलो अन्तरले पराजित गरे न्युजिल्याण्ड सेमिफाइनल यात्राबाट बाहिरिन सक्छ । यो अवस्थामा इग्ल्याण्ड र पाकिस्तान सेमिफाइनल पुग्नेछन् ।