भिटामिन डीः के हो ? कमी हुन नदिन के गर्ने ?

भिटामिन डीः के हो ? कमी हुन नदिन के गर्ने ?

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  असार १८, २०७६

भिटामिन धेरै थरिका हुन्छन् । स्वस्थ शरीरका लागि भिटामिनको आवश्यकता पर्छ । भिटामिन शरीरलाई थोरै मात्रामा आवश्यक पर्ने भएता पनि शरीरले यिनीहरूलाई बनाउन सक्दैनन् । यसर्थ भिटामिन खाद्य पदार्थद्वारा प्राप्त गर्नु पर्छ ।

हाम्रो शरीरलाई चाहिने भिटामिनलाई दुई किसिममा विभाजन गर्न सकिन्छ । चिल्लो पदार्थसँग मिसिन सक्ने समूहमा भिटामिन A,D,E/K पर्छन् । पानीसँग मिसिन सक्ने गुण भएका भिटामिन द्यB Complex  र भिटामिन C हुन् । क्रियाशील भिटामिनले शरीरका विभिन्न अंगमा पुगेर काम गर्छ । क्याल्सियमसँग मिलेर भिटामिन डीले मानिसको हड्डीलाई बलियो बनाउँछ । हड्डी भाँचिने डर हुँदैन । भिटामिन डीले क्याल्सियम, फोसफोरस र म्याग्नेसियमलाई शरीरभित्र पुर्याउन मद्दत गर्छ । भिटामिन डीको दहन क्रिया सर्वप्रथम कलेजोमा हुन्छ । कलेजोमा भिटामिन डी २५  Cholicalciferol परिणत हुन्छ । कलेजोपछि भिटामिन डीको दहन क्रिया मृगौलामा हुन्छ । मृगौलामा भिटामिन डी १–२५ कोली क्याल्सिफेरोलमा परिणत हुन्छ । भिटामिन डीको रूपलाई क्रियाशील भनिन्छ । भिटामिन डीको मात्रा रगतमा पत्ता लगाउँदा माथि उल्लेख गरिएको यसको क्रियाशील रूपलाई जाच्नु हुँदैन ।  भिटामिन डीको यो क्रियाशील रूप सामान्य हुँदा पनि भिटामिन डीको कमी हुन सक्छ । यसर्थ रगतमा भिटामिन डीको कमी पत्ता लगाउँदा २५ कोलिक्याल्सिफेरोल जाँच्नु पर्छ ।

सन् १९१८ मा बेलायतका sir Edward Mellanby ले चिल्लोमा हुने पदार्थमा अर्थात्  भिटामिन डीको कमी हुँदा केटाकेटीलाई ‘रिकेट्स’ नामक रोग लाग्न सक्ने कुरालाई प्रकाशमा ल्याएका हुन् । भिटामिन डीलाई Calcirol भनिन्छ भने D3 लाई cholicalciferol को नाम दिइएको छ । भिटामिन D2 को कमी हुन नदिन अमेरिकामा दूधमा भिटामिन म्द्द अर्थात् Ergocalciferol मिसाइएको हुन्छ । शरीरमा भिटामिन डी कम हुनुका कारण निम्न प्रकारका छन् ।

१. खानामा भिटामिन डीको कमी

२. मृगौला रोग

३. कलेजो रोग

४. शरीरका अंगले भिटामिन डीको प्रयोग गर्न नसक्ने आनुवंशिक रोग

५. धेरै समयसम्म स्टेवायडको प्रयोग

भिटामिन डीको कमी हुँदा विभिन्न प्र्रकारका लक्षण देखा पर्छन् । शरीर दुख्नु, कमजोर हुनु, खुट्टा फर्किनु र घुँडा दुख्नु मुख्य लक्षण हुन् ।  सुरुमा कुनै प्रकारको लक्षण नभएर पनि भिटामिन डीको कमी हुन   सक्छ । भिटामिन डीको कम हुनेहरूले ६० हजार युनिटको भिटामिन डीको एउटा क्याप्सुल हप्तामा एकदिन ८ हप्तासम्म र त्यसपछि एक क्याप्सुल महिनामा एकपल्ट १० महिनासम्म खानु पर्छ । प्रत्येक दिन ४००–८०० युनिट भिटामिन डी आवश्यक पर्छ । वृद्धावस्थामा भिटामिन डीको आवश्यकता ज्यादा हुन्छ । एक वर्षपछि भिटामिन डी जाँचेर चिकित्सकको सल्लाह दिनु राम्रो हुन्छ ।

हाम्रो खानामा कार्बोहाइट्रेड, प्रोटिन र चिल्लो पदार्थ हुन्छ । विभिन्न थरिका Enzymes हरूको मद्दतले सानो आन्द्राद्वारा यी खाद्यपदार्थ रगतमा पुग्छन् । कलेजोमा यी खाद्य पदार्थको दहन हुन्छ । यी खाद्य पदार्थको साथमा भिटामिन पनि आन्द्राद्वारा रगतमा पुग्छन् । आन्द्राका रोगहरूमा चिल्लो पदार्थ रगतमा पुग्दैनन्, फलस्वरूप चिल्लो पदार्थसँग मिसिने गुण भएका भिटामिन डी जस्ता भिटामिन पनि रगतका नली हुँदै कलेजोमा पुग्न सक्दैनन् । भिटामिन डीको दहन क्रिया पहिलो कलेजोमा र पछि मृगौलामा हुन्छ । कलेजो र मृगौला रोगमा भिटामिन डी आफ्नो शक्तिशाली रूपमा परिणत हुन सक्दैन । यस्तो अवस्थामा भिटामिन डीलाई औषधीका रूपमा प्रयोग गर्नु पर्ने हुन्छ । सूर्यको Ultravilet light  हाम्रो छालामा पर्दा भिटामिन डी उत्पन्न हुन्छ । कालो छाला हुनेमा र वृद्धावस्थामा भिटामिन डी कम मात्रामा पैदा हुन्छ । अण्डाको पहेंलो भाग, बोसो भएको माछा, नौनी–घिउ र दूधमा भिटामिन डी पाइन्छ । कोलेस्ट्रोल बढेर मुटुको रोग हुने सम्भावनालाई ध्यानमा राखेर चिकित्सकले अण्डाको पहेँलो भाग र घिउ नखाने सल्लाह दिन्छन् । नेपालीको रगतमा कति भिटामिन डी हुन्छ भन्ने कुरा पत्ता लगाउन आवश्यक छ ।

एउटा अण्डामा ३०० मिलिग्राम कोलेस्ट्रोल पाइन्छ । भिटामिन डीको कमी हुने व्यक्तिहरूमा क्याल्सियमको पनि कमी हुन्छ र पाराथाइर्‍वायड नामक हर्मोन ज्यादा हुन्छ । Alkaline phosphatase नामक इन्जायम पनि बढ्छ । दीर्घ मृगौला रोग, कलेजो रोग र सानो आन्द्राको रोगमा भिटामिन डीको कमी हुन्छ । भिटामिन डी भएका खाद्य पदार्थ नखाने र शरीरलाई कपडाले छोपेर घरभित्र बस्ने महिलामा पनि भिटामिन डीको कमी हुन्छ । जसका कारण ती महिलाको मांशपेशी कमजोर हुन्छ र हाड दुख्ने गर्छ । भिटामिन डी कम भए/नभएको रगत जाँचेर पत्ता लगाउन सकिन्छ । भिटामिन डी कम भएकाले भिटामिन डी प्रयोग गर्नु पर्ने हुन्छ ।

यस्ता व्यक्तिले क्याल्सियमको चक्की पनि खानु उचित हुन्छ । भिटामिन डीको कमी हुने नेपालीको संख्या सानो छैन । बिहानै स्नान गरेर शरीरलाई कपडाले नढाकी कर्णले भगवान् सूर्यको पूजा गर्थे भन्ने कथा छ । बिहानीपख सूर्यको किरणमा ज्यादा Ultraviolet किरण हुने भएकाले बिहान सूर्यको दर्शन गर्नाले भिटामिन डीको कमी हुँदैन ।

 दिनहुँ दूध पिउनाले पनि भिटामिन डीको कमी हुनबाट बच्न सकिन्छ । सिसा लगाएको झ्यालबाट आएका सूर्यको किरणबाट भिटामिन डी बन्न सक्दैन । शरीरलाई ढाक्ने कपडा लगाएर घाम ताप्नेलाई पनि सूर्यको किरणले फाइदा पुर्याउँदैन । सिधै छालामा पर्ने सूर्यको किरणले मात्र भिटामिन डी उत्पन्न हुन सक्छ ।

 छारे रोगमा प्रयोग गरिने Carbamizepine, क्षयरोगमा प्रयोग गरिने  Rifampicin / Isoniazid नामक औषधीले पनि भिटामिन डी उत्पन्न हुन  दिँदैनन् । भिटामिन डीको कमीले किशोर अवस्थामा रिकेट्स र पौढहरूमा अस्टियोमलेसिया नामक हाड कमजोर हुने रोग लाग्न सक्छ । अन्त्यमा भिटामिन डीको कमी भएको पत्ता लगाउन रगत जाँच गर्नुपर्छ । यो भिटामिन डी कमी देखिएमा चिकित्सकको सल्लाह लिएर यसलाई प्रयोग गर्नु पर्छ ।