हाम्रो मधुर मिलनको याद आयो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हाम्रो मधुर मिलनको याद आयो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  समाज  |  असार १८, २०७६

काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत ‘हाम्रो मधुर मिलनको याद आयो....’ सार्वजनिक  गरिएको छ ।

लोकप्रिय गायक सत्यराज स्वरुपको स्वर, सागर अधिकारी ‘सरद’को सङ्गीत, शाहस साक्यको एरेञ्ज रहेको आधुनिक गीत हाम्रो मधुर मिलनको याद आयो....’को भिडियो सार्वजनिक भएको हो ।

अञ्जिता कंडेलले निर्देशन गरेको गीतको भिडियोमा प्रविन बराल र स्मृति ओली फिचर्ड छन् । विनय तामाङले छायाँकन गरेको भिडियोमा माधव वेल्वासको सम्पादन रहेको छ ।

हाम्रो मधुर मिलनको याद आयो म्युजिक भिडियो यहाँ सुन्न सकिन्छ 

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।