याे वर्ष मात्र मकवानपुरमा सम्बन्ध विच्छेदको ५७७ मुद्दा दर्ता

याे वर्ष मात्र मकवानपुरमा सम्बन्ध विच्छेदको ५७७ मुद्दा दर्ता

लोकसंवाद संवाददाता  |  समाज  |  असार १८, २०७६

मकवानपुर । यस वर्ष मकवानपुर जिल्ला अदालतमा १३५ पुरुषले सम्बन्धविच्छेदका लागि  मुद्दा दायर गरेका छन् । चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्धविच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा  पुरुषको सङ्ख्या १३५  पुगेको उक्त अदालतले जनाएको हो । 

अदालतका श्रेस्तेदार केशवकुमार कौशिकका अनुसार गत भदौ १ गतेदेखि  जारी  नयाँ मुलुकी संहितामा  पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको थियो । प्राप्त विवरणअनुसार २०७४/२०७५ मा ४७५ सम्बन्ध बिच्छेदका  मुद्दा दर्ता भएकामा हाल  १६४  मुद्दा थप भएको हो ।

 यस वर्षको दर्तामध्ये १९४ वटा मुद्दा फछ्र्योट भइसकेको र  अन्य प्रक्रियामा रहेको बताइएको छ । पारिवारिक कलह र भौतिकवादी चाहनाले सम्बन्धविच्छेदका घटना बढेको र यसबाट सामाजिक एवं पारिवारिक रुपमा नकारात्मक असर पारेकोे हेटौँडा–४ का बुद्धिजीवी रामप्रसाद आचार्य बताउनुहुन्छ  ।