भक्तपुर स्थित न्यातपोलको गजुरमा झण्डोत्तोलन !

भक्तपुर स्थित न्यातपोलको गजुरमा झण्डोत्तोलन !

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार १९, २०७६

भक्तपुर । भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको गजुरमा  २०७६ असार १८ गते बुसाँरा मनाइएको छ ।

हरेक वर्ष असार शुक्ल प्रतिपदाको दिन बुसाँरा अर्थात् झण्डोत्तोलन गर्ने परम्परा अनुसार आज बुसाँरा गरिएको तलेजूका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारि दिनुभयो ।

पाँचतले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा नेपाल संवत् ८२२ मा भूपतिन्द्र मल्लको पालादेखि यो परम्परा हरेक वर्ष चल्दै आएको उहाँले बताउनुभयो ।

पाँचतले मन्दिरको छाना बनाउने काम शुरुदेखि गर्दै आएका तुछिमलाका २० जना अवाल पाँच तले मन्दिरको टुप्पोमा पुगेर झण्डोत्तोलन गरेका हुन् ।

तुछिमला टोलसुधार समिति अध्यक्ष हरिशरण अवालले बुसाँराका लागि हरेक वर्ष ज्यान जोखिममा राखेर २० जना अवाल पाँचतले मन्दिरमाथि जाने गरेको बताउनुभयो ।

आर्थिक अभावका कारण यो परम्परा लोप हुने अवस्थामा पुगेको बताउँदै उहाँले स्थानीयवासी बसेर भोजसमेत खानुपर्ने परम्परा रहेको बताउनुभयो ।

यसवर्ष गुठी कार्यालयले रु १० हजार उपलब्ध गराए पनि यो रकम अपुग रहेको उनीहरुको भनाइ छ । टौमढी टोलका भैरवनाथ एकदम डरलाग्दो, रिसाहा र घमण्डी, आफू नै ठूलो भन्ने भैरवनाथलाई शान्त पार्र्नका लागि भैरवनाथको अगाडि सिद्धिलक्ष्मी स्थापना गरिएको भनाइ छ ।

भैरवनाथ भन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम गर्न अग्लो पाँचतले मन्दिरलाई बनाइएको मान्यता रहदै आएको छ