पाँच रुपैयाँको बीयर क्यानको खेलौना पाँच हजारमा बेच्छन चीन का किसान

पाँच रुपैयाँको बीयर क्यानको खेलौना पाँच हजारमा बेच्छन चीन का किसान

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०७६

काठमाडौं, एजेन्सी । चीनको हेनान राज्यको लुयोनिंग सिटी निवासी  दाई चैंगलिन कोल्ड ड्रिंक, बीयर तथा अन्य विभिन्न प्रकारका क्यान पाँच रुपैयाँमा किन्छन र यसको खेलौना बनाएर बिक्री गर्छन् । 

उनी यी खेर जाने क्यानको खेलौना बनाउनमा सिद्धहस्त छन् ।

पेशाले किसान दाई चैंगलिन पाँच रुपैयाँमा किनेका यी खेर जाने क्यानको खेलौना बनाएर पाँच हजारमा बिक्री गर्छन् ।

उनले पछिल्लो पाँच वर्षमा कार तथा हवाई जहाजको ८००० भन्दा धेरै मोडल बनाएका छन् ।