कबीर सिंहले कमायो २०० करोड

कबीर सिंहले कमायो २०० करोड

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार १९, २०७६

काठमाडौं, एजेन्सी । शाहिद कपूर तथा कियारा आडवाणीको फिल्मले घरेलु बक्स अफिसमा आफ्नो प्रदर्शनले सबैलाई चकित बनाएको छ ।

२०१९ मा उरी द सर्जिकल स्ट्राइक पछि कबीर सिंहले बक्स अफिसमा कमाल गरेको हो जसको खासै अपेक्षा गरिएको थिएन् । 

शाहिद कपूरको करियरमा यो नै उनको सोलो (एकल) फिल्म हो जसले २०० करोड़ क्लबमा प्रवेश पाएको छ ।

अब फिल्मले २५० करोडको आशा गरेको छ । तेस्रो हप्तामा पनि फिल्मले राम्रो कमाई गर्ने आशा गरिएको छ । 

कबीर सिंह शाहिद कपूरको करियरमा ब्लकबस्टर मात्र नभइ रेकर्ड ब्रेकर मुभी पनि भएको छ ।  फिल्म १३ दिनमा यानेकि जुलाई ३ तारीखमा २०० करोड क्लबमा पुगेको थियाे ।

जुलाई २ तारीखमा फिल्मले ८.३१ करोड कमाई गर्दै कुल कमाई १९८.९५ गरेको थियो ।  

फिल्मले जुलाई ३ तारीख अर्थात बुधवारका दिन ७.५३ करोडको कमाई गरेको थियो । यो सँगै फिल्मको कमाई २०६.४८ करोड पुगेको छ । 

शाहिद कपूरको करियरमा यो फिल्म नै अहिलेसम्मको सबैभन्दा धेरै ओपनिंगका साथै २०० करोड कमाउने फिल्म बनेको छ ।

शाहिद कपूर तथा  कियारा आडवाणीको फिल्म २१ जुनमा रिलीज भएको थियो । फिल्मले २०.२१ करोड़को शानदार ओपनिंग गरेको थियो । फिल्मले पाँचौ दिनमा १०० करोडको  आंकड़ा पार गरेको थियो ।