बालकाेटमा योग जागरण निम्ति प्रभात फेरी

बालकाेटमा योग जागरण निम्ति प्रभात फेरी

लोकसंवाद संवाददाता  |  समाज  |  असार २०, २०७६

भक्तपुर । ‘गरौँ योग रहौँ निरोग’ भन्ने नाराका साथ २०७६असार २० गते शुक्रवार ‘योग जागरण निम्ति प्रभात फेरी’ कार्यक्रमको आयोजना गरिएको छ ।

सूर्य विनायक नगरपालिका वडा नं २ स्थित बालकोट योग साधना केन्द्रको आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा उक्त प्रभात फेरी कार्यक्रमको आयोजना गरेको हो ।  सूर्य विनायक नगरपालिका वडा नं २ का वडा अध्यक्ष कमलनाथ आचार्यले रिबन काटी प्रभात फेरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । उक्त प्रभात फेरी कार्यक्रम बालकोट योग साधना केन्द्र रेडक्रस भवनबाट धिमे बाजा सहित  सुरु भई बालकोटको चोक हुँदै  बालकोट स्थित बङ्गलामुखी हुँदै केन्द्रमा नै आई ‘अमृत भोजन’ सरिक भई समापन भएको थियो । उक्त प्रभात फेरी कार्यक्रम  सूर्य विनायक नगरपालिका भित्रका विभिन्न साधना केन्द्रका साधकहरूको उपस्थिति रहेको थियो ।

आठौँ वार्षिक उत्सवको अवसर पारेर २०७६ असार २१ गते शनिवारका दिन बालकोट योग साधना केन्द्र रेडक्रस भवनमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको केन्द्रले जनाएको छ ।