गर्मीमा यसरी बनाऔं आफूलाई फिटनेस

गर्मीमा यसरी बनाऔं आफूलाई फिटनेस

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  असार २०, २०७६

काठमाडौं । गर्मीमा आफूलाई फिट राख्न सक्नु एक महत्वपूर्ण उपलब्धी मानिन्छ । विभिन्न कारणले मानिसले आफूलाई फिट राख्न सक्दैनन् । राती अबेरसम्म बिउझिनु, एनर्जी डिंक्स पिउनु, शारीरिक अभ्यास नगर्नु लगायत कारणले मानिस फिट रहन सक्दैनन्, जसका कारण रोग संक्रमणको खतरा पनि बढ्छ । 

यो समयमा मौसम रोगबाट बच्न तथा फिट रहन यी उपाय अपनाउन सकिन्छ । 

बिहान सबेरै उठ्ने 

गर्मी मौसममा बाहिरको तापक्रम बिहान ८–९ बजेपछि बढ्न थाल्छ । त्यसकारण यो मौसममा बिहान सबेरै उठेर शारीरिक अभ्यास गर्न सुरु गर्नुपर्छ । 

आवश्यक मात्रामा पानी पिउने 

गर्मीमा शारीरिक अभ्यासका दौरान शरीरमा काफी मात्रामा पसिना निस्कन्छ । त्यसकारण शारीरिक अभ्यासका दौरान पर्याप्त मात्रामा पानी पिउने गरौं । बिहान उठेर दुई गिलास मनतातो पानी पिऊ । त्यसपछि शारीरिक अभ्यास गर्न तयार हौऊ । शारीरिक अभ्यासका क्रममा प्यास लाग्दा केही समय रोकेर पानी जरुर पिऊ । शरीरमा पानीको कमी हुन नदिऊ । 

एनर्जी ड्रिंक्स नपिउने  

शारीरिक अभ्यासका दौरान एनर्जी ड्रिंक्स पिउनुहुँदैन । यसमा काफी मात्रामा ग्लुकोज हुन्छ, जसले इन्स्टेन्ट एनर्जी दिन्छ । यस्तोमा यदि तपाई वजन घटाउन वा शरीर सेप बनाउन शारीरिक अभ्यास गरिरहनुभएको छ भने यो उपयुक्त हुँदैन । किनकि यो अवस्थामा शरीरले फ्याटबाट प्राप्त ऊर्जाको सट्टा एनर्जी ड्रिंक्सबाट प्राप्त ऊर्जाको प्रयोग गर्छ र शारीरिक अभ्यासको फाइदा मिल्दैन । 

ड्राई फिट मात्रै लगाउने

अधिकांश मानिस जिममा कसिलो कपडा लगाएर जान्छन् ताकि शरीरको कट्स देखियोस् । तर, गर्मी मौसममा भने अलि खुकुलो र ड्राई फिट कपडा लगाउनु आवश्यक हुन्छ । खासगरी कपडमा जति शरीरमा टाँसिन्छ, शरीर उति नै गरम हुन्छ । त्यसकारण गर्मी मौसममा शारीरिक अभ्यास गर्ने समयमा खुकुलो तथा हलुका रंगको कपडा लगाउनु जरुरी हुन्छ । पसिना सजिलै सुकाउन पनि ड्राई फिट कपडा लगाउनु उपयुक्त हुन्छ । 

तुरुन्तै ननहुाउने

गर्मी मौसममा कयौं मानिस शारीरिक अभ्यास गरेलगत्तै नुहाउने गर्छन् । तर, यसो गर्नुहुँदैन । किनकि यो बेला शरीरको तापक्रम बढेको हुन्छ । त्यसकारण केही समय आराम गरेपछि मात्रै नुहाउनुपर्छ । लगभग १ घन्टापछि नुहाउनु उपयुक्त मानिन्छ । शारीरिक अभ्यास गर्दा पसिना आउनु सामान्य मानिन्छ । 

चाडै सुत्ने

तपाईं जति बिहान उठ्नुहुन्छ, तपाईंका लागि त्यति नै राम्रो हुन्छ । बिहान सबेरै उठ्नका लागि राती चाडौ सुत्नुपर्छ । यदि तपाईं नियमित शारीरिक अभ्यास गर्नुहुन्छ भने तपाईंलाई कम्तिमा ७–८ घन्टा निद आवश्यक हुन्छ । 

यो आलेख जागरण डट कमबाट साभार गरिएको हो ।