आयाे इलेक्ट्रिक एयर ट्याक्सी

आयाे इलेक्ट्रिक एयर ट्याक्सी
जर्मनीको एयर ट्याक्सी स्टार्टअप कंपनी लिलियमले सफल परीक्षण गरेकाे ५ सिटे इलेक्ट्रिक एयर ट्याक्सी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७६

एयर ट्याक्सी स्टार्टअप कंपनी लिलियमले निर्माण गरेको इलेक्ट्रिक एयर  ट्याक्सीमा ३६ इलेक्ट्रिक जेट इंजन छन् जसले यो ट्याक्सीलाई  हेलिकप्टरजस्तै भर्टिकल्ली टेक–ऑफ तथा ल्याण्ड गर्न सक्छ । 

यो इलेक्ट्रिक एयर  ट्याक्सीको अधिकतम गति ३००किलोमीटर प्रति घंटा रहेको छ । एक पटक फुल चार्ज भएपछि यसले ३०० किलोमीटर दूरी सम्म उड्न सक्छ । 

इलेक्ट्रिक एयर ट्याक्सी लिलियमले यो इलेक्ट्रिक जेटको डिजाइन एकदमै साधारण बनाएको छ । यसमा  टेल, गियरबक्स, प्रोपेलर्स तथा और राडार छैन् । यो एयर इलेक्ट्रिक एयर ट्याक्सीलाई पाइलट वा ड्रोन मोडमा पनि उडाउन सकिनेछ । यसमा पनारोमा विंडो तथा गल–विंग डोर जस्ता पेसेंजर फ्रेंडली फीचर्स रहेका छन् । 

लिलियम कंपनीको दावी के छ भने २०२५ सम्म संसारको धेरै देशमा यो फ्लाइंग टैक्सीको सेवा उपलब्ध हुनेछ ।