टाटा टिगोरको इलेिक्ट्रक भर्सन लन्च

टाटा टिगोरको इलेिक्ट्रक भर्सन लन्च

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७६

काठमाडौं, एजेन्सी । टाटा मोटर्सले आफ्नो सब–कम्प्याक्ट सेडान टिगोर इलेक्ट्रिक भर्सन लन्च गरेको छ । टिगोर इभी नामको यो इलेक्ट्रिक कार एक्स एम तथा एक्स टी दुईवटा  भेरियंटमा उपलब्ध छ ।

यसको मूल्य क्रमशः ९.९९ लाख तथा १०.०९ लाख रहेको छ । टिगोर इलेक्ट्रिक अहिले केवल फ्लीट अपरेटर्सका लागि उपलब्ध छ अर्थात यसलाई अहिले व्यक्तिगत रुपमा खरिद गर्न पाइँदैन् । 

टिगोर इभी स्ट्याण्डर्ड टाटा टिगोर सेडानमा आधारित छ । यो इलेक्ट्रिक कारको दुबै भेरियंटमा अटोमेटिक क्लाइमेट कंट्रोल, पावर विंडो, ब्लूटूथ कनेक्टिभिटीका साथ हर्मन अडियो सिस्टम, हाइट एडजस्टेबल ड्राइभर सीट तथा  एडजस्टेबल फ्रंट हेडरेस्ट जस्ता  फीचर्स रहेका छन् ।

एक्स टी भेरियंटमा यी फीचर्सका अलावा अलोय वील्स तथा आउट साइड रियर भ्यू मिरर्स पनि रहेका छन् । 

टाटा मोटर्सको यो इलेक्ट्रिक कारमा  ड्यूल फ्रंट एयरब्याग, एबीएस तथा  रियर पार्किंग सेंसर्स जस्ता बेसिक सेफ्टी फीचर्स पनि रहेका छन् ।

अहिले यो गाडी सेतो, निलो तथा सिल्भर रंगमा उपलब्ध छ । 

इलेक्ट्रिक टिगोरमा १६.२ kWh ब्याट्री प्याक रहेको छ । ७२v, ३–फेस एसी इंडक्शन मोटरको माध्यमले ४१hp को पावर तथा १०५ Nm टर्क जेनेरेट गर्छ ।

कंपनीका अनुसार  स्टैंडर्ड एसी वाल सर्किटका माध्यमबाट यसको ब्याट्री ६ घण्टामा ८० प्रतिशत चार्ज हुन्छ । त्यस्तै DC 15kW फार्स्ट चार्जरका माध्यमबाट यत्ति नै ब्याट्री जार्च हुन ९० मिनेटको समय लाग्छ । 

एक पटक फुल चार्ज भएपछि टिगोर इभी १४२ किमि सम्म गुड्ने कम्पनीको दावी छ । यसले १२ सेकेण्डमा ० देखि ६० किमि प्रति घंटाको रफ्तार लिन्छ । यसको तीव्र गति ८० किमि प्रति घंटा हो ।