एयरपोर्टमा क्याप्सुल रेस्ट च्याम्बर

एयरपोर्टमा क्याप्सुल रेस्ट च्याम्बर

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७६

काठमाडौं, एजेन्सी ।  जेझियांग प्रांतस्थित होंगझाऊ इंटरनेशनल एयरपोर्टमा यात्रिका लागि ८ वटा क्याप्सुल रेस्ट च्याम्बर राखिएका छन् । यात्रीहरु यहाँ बसेर आराम गर्न सक्नेछन् । यी क्याप्सुलहरु आधुनिक सुविधायुक्त हुनेछन्  जसमा आरामदायक कुर्सी तथा मोबाइल, ल्यापटप चार्ज गर्ने सुविधाका साथ   इंटरनेटको सुविधा पनि उपलब्ध छ ।

एयरपोर्ट अधिकारिका अनुसार एक क्याप्सुल तीन वर्ग मीटरमा बनेको छ । क्याप्सुलको गेट क्यूआर कोड स्क्यान गरेर मात्र खुल्छ । 

होंगझोऊ इंटरनेशनल एयरपोर्टमा यो क्याप्सुल क्याबिनलाई एयरप्याड नाम दिइएको छ । यसको विशेषता भनेको बस्नका लागि जुन आरामदायक कुर्सी छ त्यसलाई एउटा बटन दबाउने बित्तिकै पलंग बन्न जान्छ । यस प्रकारको कन्सेप्ट पहिले यूरोपियन यूनियनले लेराएको हो । 

यो रेस्ट च्याम्बरमा यति धेरै ठाउँ छ कि त्यहाँ लगेज तथा अन्य जरूरी सामान पनि राख्न सकिने ठाउँ छ । यसका अलावा फ्लाइटको जानकारी लिनका लागि क्याप्सुल बाहिर निस्कन पनि पर्दैन नेटमै सारा अपडेट प्राप्त हुनेछ । 

यसको साथसाथै हाई स्पीड वाई–फाई, एयर फ्रेशनर, एयर कंडिशनर तथा पावर सकेटको पनि व्यवस्था छ ।