सावधान ! चिसोमा सिजनल डिप्रेसनले सताउँला

सावधान ! चिसोमा सिजनल डिप्रेसनले सताउँला

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  माघ ४, २०७५

चिसो मौसममा दिन छोटो हुन्छ । जसका कारण मानिसले कम समय मात्रै घाम ताप्न पाउँछ । जसका कारण सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) को जोखिम हुन्छ । 
चिकित्सकका अनुसार घाम मानिसलाई चाहिने अत्यावश्यक तत्व हो । यसले शरीरको हाइपोथेलेमसलाई उत्तेजित गर्छ । हाइपोथेलेमस दिमागको यस्तो हिस्सा हो, जसले निद्रा, भोख र मूडलाई नियन्त्रण गर्छ ।

कारण

चिकित्सकका अनुसार यो रोगका विभिन्न कारणहरू छन् । 

जैविक घडी प्रभावित
चिसो मौसममा शरीरले पर्याप्त घाम पाउँदैन । जसका कारण शरीरको जैविक घडी प्रभावित हुन्छ । र, व्यक्तिले डिप्रेसनको लक्षण महसुस गर्न सक्छ । 

सिरेटिनिनको स्तर कमी 
सिरेटोनिन एक न्युरो टान्समिटर हो । शरीरमा यसको लेबल कम भएपछि यसको असर मानिसको मूडमा पर्छ । र, मानिस उक्त रोगको सिकार बन्न सक्छ । 
भिटामिन डीले शरीरमा सिरेटोनिन उत्पादन गर्न मुख्य भूमिका निभाउँछ । यसको कमीले नै शरीरमा सिरेटोनिनको लेबल घट्छ । जसका कारण मानिस दिनमा अल्छीपन महसुस गर्न सक्छ । 

मेलेटोनिनको स्तर वृद्धि
मेलेटोनिन यस्तो हर्माेन हो, जसको असर मानिसको निद्रा र मूडमा पर्छ । एसएडीबाट पीडित व्यक्तिको शरीरमा मेलेटोनिनको मात्रा बढेको पाइन्छ । जसका कारण मानिसले अल्छीपन महसुस गर्छ । 
लक्षण 

उपचार
चिकित्सकले एसएडीको उपचार गर्ने यी उपाय सुझाएका छन् । 
एन्टिडिप्रेसेन्ट 
चिकित्सकले डिप्रेसन तथा एसएडीका बिरामीलाई एन्टिडिप्रेसेन्ट औषधी प्रेस्क्रिप्सन गरेको पाइएको छ । यद्यपि, बिरामीले चिकित्सकको सल्लाहबिना औषधी प्रयोग गर्नुहुँदैन । 
लाइट थेरापी 
चिकित्सकका अनुसार सन् १९८० को दशकमा लाइट थेरापी एसएडीका लागि उपयुक्त उपचार मानिन्थ्यो । यो प्रक्रियामा बिरामी बिहान लाइट बक्स नजिकै राखी उपचार गरिन्थ्यो । जसबाट बिरामीले आराम महसुस गर्थे । 
साइकोथेरापी 
काग्रिटिव बिहेभियर थेरापी साइकोथेरापीको एक प्रकार हो, जो एसएडीको उपचारमा फाइदाजनक हुन्छ । यसमा मानिसको नकारात्मक सोच वा विचारको पहिचान गरी बिहेभियर एक्टिभेसन तरिकाबाट उसमा सकारात्मक सोचको प्रोत्साहन गराइन्छ । 

एजेन्सीको सहयोगमा