क्यान्सर कोषिका आफै नष्ट हुने

क्यान्सर कोषिका आफै नष्ट हुने

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  असार २०, २०७६

काठमाडौं । क्यान्सर रोगीका लागि खुसीको खबर छ- वैज्ञानिकहरूले क्यान्सर कोषिका आफै नष्ट हुने तरिका विकसित गरेका छन् । यस प्रविधि अनुसार क्यान्सर कोषिकालाई बाहिरी उपायले नष्ट गर्नुपर्दैन । क्यान्सर कोषिका स्वतः समाप्त हुन्छन् ।  

क्यान्सर रोगीका लागि आशाको सम्भावना देखिएको छ । अनुसन्धानकर्ताले एक नयाँ तरिका खोजेका छन् । यसबाट शरीरमा रहेका क्यान्सर सेल्स आफै नष्ट हुन्छन् । स्मरण रहोस्, हाम्रो शरीरमा भएका लाखौं सेल्स यस्ता हुन्छन्, जो इम्युनिटी सिस्टमलाई नजरअन्दाज गरी आफूलाई बचाउने तरिका खोजी गरिरहन्छन् । 

धेरै प्रोटिन उत्पादनबाट नष्ट हुन्छन् क्यान्सर सेल्स 

अनुसन्धानकर्ताको टिमले एक नयाँ उपायको पहिचान गरेका छन्, जो एमवाइसी नामको जिनको साथ पार्टनरसिप गर्छ, जो नर्मल सेलको ग्रोथलाई कन्ट्रोल गर्छ । तर, जब यो क्यान्सरमा परिवर्तित भएर बढ्छ तब यसले एक चेन रियाक्सनका भाँति वृद्धि गर्छ । जसबाट क्यान्सर ट्युमर तीव्र गतिमा बढ्न थाल्छ र यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । 

वैज्ञानिकद्वारा खोजिएको प्रविधिलाई एटिएफ-४ नाम दिइएको छ, यस प्रविधिमा प्रोटिनको प्रयोग गरिन्छ । अत्यधिक प्रोटिन उत्पादनले नयाँ क्यान्सर सेल्स बन्ने बाटो ब्लक हुन्छ र भएका क्यान्सर सेल्स अत्यधिक प्रोटिन उत्पादनका कारण स्वतः नष्ट हुन थाल्छन् । 

युनिभर्सिटी अफ क्यालिफोर्नियाको प्रोफेसर कान्स्टेन्टिनोज कोमेनिसले भनेका छन्, ‘यस अनुसन्धानमा हामीले थप परिणाम पाउन बाँकी नै छ । हामीले ट्युमरको वृद्धिलाई रोक्न र क्यान्सर सेल्स स्वतः मरणबाट उम्किन नपाउन् । यसबारेमा हामीले थप सिक्न बाँकी नै छ ।’ 

अहिलेसम्मको अध्ययनको परिणामले देखाएको छ- यसको मुख्य उद्देश्य ‘एटिएफ-४’ लाई लक्षित गर्नु हो । किनकि यो नै त्यो प्वाइन्ट हो, जहाँ दुवै सिग्नल एकआपसमा मिसिन्छन् । यसको अर्थ क्यान्सर सेल्स बच्ने मौका नै छैन ।