पाकिस्तान बाहिरियो, ११ बल मै हार्‍यो पाकिस्तान

पाकिस्तान बाहिरियो, ११ बल मै हार्‍यो पाकिस्तान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २०, २०७६

काठमाडौँ । सेमीफाइनलको दौडमा रहेको पाकिस्तान अन्ततः  क्रिकेट  वर्ल्ड कप बाट बाहिरिन  पुगेको छ । आफ्नो  अन्तिम लीग म्याचमा बङ्गलादेशसँग  प्रतिस्पर्धा  गरिरहेको पाक टोलीले  पहिला ब्याटिङ गर्दै ५० ओभरको खेलमा  ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानले  सेमीफाइनलमा प्रवेश पाउन बङ्गलादेशी टोलीलाई ८ रन भित्रै अल आउट गर्नु पर्ने बाध्यता  रहेको थियो ।

बङ्गलादेशी टोलीले  खेलको दोस्रो ओभरको पाँचो बलमा १ रन लिन साथ पाकिस्तान वैधानिक रूपमा वर्ल्ड  कपबाट बाहिरियो ।

 यसभन्दा पहिला पाकिस्तानका बलर  हफीज़ले पहिलो ओभरमा कुनै रन दिएनन् । दोस्रो  ओभर गर्न आएका अमिरको  पहिलो बलमा  बङ्गलादेशका ओपनर सौम्या सरकारले  २ रन लिए ।अमिरको दोस्रो बलमा सरकारले बललाई बाउन्ड्री  लाइन  कटाई दिए ।   स्कोर हुन् पुग्यो ६ रन । तेस्रो बलमा कुनै रन बनेन । ओभरको चौथो बलमा सरकारले १ रन लिए । अब अमिरको  बल  खेल्न क्रीजमा  तमिम इकबाल रहेका थिए ।   

 अमिरले लाइन  टू  लाइन बल फ्याले । तमिमले ब्याक फुटमा गएर बल लाई स्क्वायर लिगको पछाडि फ्लिक गरेर एक रन लिन साथ  पाकिस्तानको सेमी फाइनल यात्रामा विराम लाग्यो।  

अब चली रहेको खेलको परिणाम जे  भए पनि दुवै टोली स्वदेश फर्किने भएका छन् । २०१९ को क्रिकेट वर्ल्ड कप को यात्रा यी दुवैका साथ  अन्य  ४ टोलीका लागि पनि पूर्ण भयो ।

न्युजिलैंड सेमीफाइनलमा प्रवेश गर्ने  चौथो टोली बन्यो।