साल्ट ट्रेडिङको हेमबहादुर मल्ल सम्मान  पूर्वमन्त्री देवेन्द्रराज पाण्डेलाई

साल्ट ट्रेडिङको हेमबहादुर मल्ल सम्मान  पूर्वमन्त्री देवेन्द्रराज पाण्डेलाई

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७६

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनको प्रायोजनमा स्थापित २०७२ सालको हेमबहादुर मल्ल सम्मान पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले प्राप्त गर्नुभएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसँगको साझेदारीमा नेपाल जनप्रशासन सङ्घले २०७६ असार २० गते राजधानीमा आयोजित कार्यक्रममा नेपाली संस्कृतिका जानकार सत्यमोहन जोशीले पाण्डेलाई  दुई लाख नगदसहित सम्मान गर्नुभएकाे थियाे।

नागरिक समाजका अगुवा पाण्डेले नेपालको चौतर्फी विकास, प्रशासन तथा अर्थतन्त्रमा सुधारका साथै सुशासन प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै श्रीपाण्डेले सम्मानबाट थप जिम्मेवारी बढेको बताउँदै राष्ट्रको सर्वतोमुखी समृद्धिका निम्ति हरेक नागरिकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले सरकारी र निजी क्षेत्रको संयुक्त लगानीमा स्थापित संस्थाले कुशल प्रशासक हेमबहादुर मल्लले संस्थाको उन्नयनका निम्ति निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।

यसअघि उक्त सम्मान केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा र खिलराज रेग्मी, उमेश मैनाली र दामोदरप्रसाद गौतमले प्राप्त गरिसक्नु भएकाे छ ।