रोहितले तोड्न सक्लान् सचिनको रेकर्ड ?

रोहितले तोड्न सक्लान् सचिनको रेकर्ड ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २१, २०७६

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको एक सिजनमा सर्वाधिक रन बनाउने रेकर्ड भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा छ । उनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । तर, जारी विश्वकपमा रोहितले उनको यो रेकर्ड तोड्न सक्ने सम्भावना छ । किनकि जारी प्रतियोगितामा उनी उच्च फर्ममा छन् । जारी प्रतियोगितामा रोहितले ७ खेलबाट ४ शतक र १ अर्धशतक गरी ५४४ रन बनाएका छन् । रोहितले सचिनको रेकर्ड तोड्न १३० रन मात्रै बनाउनुपर्नेछ ।

जारी प्रतियोगितामा भारतले राउन्ड रोबिन चरणको एक र सेमिफाइनल गरी कम्तिमा दुई खेल खेल्नेछ । भारतले सेमिफाइनल जिते तीन खेल खेल्न पाउनेछ । त्यसकारण अबका खेलमा राम्रो प्रदर्शन गर्न सके रोहितले सचिनको रेकर्ड तोड्न सक्नेछन् ।  

त्यसो त अस्ट्रेलियाका डेभिड वार्नर (५१६) तथा आरोन फिन्च (५०४)को पनि यो सम्भावना छ । किनकि अस्ट्रेलिया पनि जारी प्रतियोगितामा कम्तीमा दुई खेल खेल्दैछ ।