अमेरिकी औषधिको मूल्य घटाउने तयारी

अमेरिकी औषधिको मूल्य घटाउने तयारी

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २२, २०७६

एएफपी।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिनुभएको छ ।

‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’– उहाँले सम्वाददाताहरुसँग भन्नुभयो ।

आफ्नो देशमा बन्ने औषधि संसारका अरु देशको भन्दा पुरानो भएको उहाँले बताउनु भएको छ । उहाँले भन्नुभयो– 'हामीलाई थाहा नै छ कि अरु देशहरुले औषधिका लागि सस्तो मूल्य तिरीरहेका छन् तर हामीले त्यो भन्दा महंगो रकम खर्च गर्नु परिरहेको छ, कहिलेकहीँ त ६० देखि ७० प्रतिशतसम्म पनि उनीहरुले सस्तोमा औषधि पाइरहेका छन् ।

उहाँले औषधि कम्पनीहरुले लामो समयदेखि फाइदा मात्र उठाइरहेको पनि बताउनुभयो । तर पनि अमेरिकी औषधि कम्पनीहरुबाट छिमेकी देशहरु क्यानाडा, मेक्सिकोहरुले फाइदा भने लिइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभयो ।