बुल रेसको १०० औं वर्षोत्स्व

बुल रेसको १०० औं वर्षोत्स्व

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २२, २०७६

काठमाडौं, एजेन्सी । स्पेनको पैंपलोनामा प्रत्येक वर्ष हुने  सैन फर्मिन फेस्टिवल शनिवार जुलाई ६ आरिखमा भएको छ । ८ दिनसम्म चल्ने उक्त पारंपरिक फेस्टिवलमा मानिसका पछाडी साँढे दौडाइन्छ । यसकारण  यसलाई बुल रेस पनि भनिन्छ । 

स्थानीयका अनुसार बुल रेसमा मानिसको हड्डी भाँचिन्छ, घाइते हुन्छन, रगत बग्छ तर पनि यो खेलमा मान्छेका मुहारमा खुशी देखिन्छ यसकारण नै यो खेल संसारभर प्रसिद्ध छ । 

आयोजकका अनुसार यसको शुरुवात संत अर्नेस्ट हेमिंग्वेले गरेका थिए । यस वर्ष बुल रेसको १०० औं वर्षोत्स्व हो । यस वर्ष १० लाख मानिस बुल रेसमा सहभागी हुने अनुमान गरिएको छ ।

बुल रेसमा सहभागी हुनु पहिले युवाहरुले नाच गान गरेर रमाइलो गर्छन् । पछि एक ठाउँमा जम्मा भएर साँढेलाई जिस्क्याउने गर्छन् । 

उत्सवको शुरुवात  पैंपलोना स्क्वायरबाट हुन्छ । ८५० मिटर लामो तथा साँघुरो सडकमा सयौं मान्छेले साँढेका साँढेलाई नाच्दै जिस्क्याउने गर्छन प्रत्येक वर्ष धेरै मान्छे घाइते हुने गर्छन् ।