विश्वकप क्रिकेटमा को–को भिड्दैछन् सेमिफाइनल ?

विश्वकप क्रिकेटमा को–को भिड्दैछन् सेमिफाइनल ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २२, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत राउन्ड रोबिनका खेल सकिएसँगै सेमिफाइनलका प्रतिष्पर्धी टिमको पनि टुंगो लागेको छ । 

पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । यो खेल जुलाई ९ मा हुनेछ । दोस्रो सेमिफाइनल भने अस्ट्रेलिया र इग्ल्याण्डबीच हुँदैछ । यो खेल जुलाई १२ मा हुनेछ । 

चालू प्रतियोगितामा अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टिमबीच सेमिफाइनल प्रतिष्पर्धा हुन लागेको हो । अंकतालिका अनुसार भारत १५ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको अस्ट्रेलियाको १४ अंक छ भने तेस्रो स्थानको इग्ल्याण्डको १२ र चौथो स्थानको न्युजिल्याण्डको ११ अंक छ ।