विश्वकै सबैभन्दा ठूलो झोला

विश्वकै सबैभन्दा ठूलो झोला

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २२, २०७६

इग्ल्याण्ड । इग्ल्याण्डमा ब्रैडफोर्ड अन एवन सहरमा विश्वकै ठूलो झोला बनाइएको छ । 

२० लाख प्लास्टिकका बोतलबाट बनाइएको उक्त झोलाको उचाई १४ मिटर छ । यस्तै, झोला २२.५ मिटर लामो र ११.६ मिटर चौडा छ । 

उक्त झोलालाई गिनिज बुक अफ द वल्र्ड रेकर्डमा समावेश गरिएको छ । 

झोला बच्चाहरूले डिजाइन गरेका हुन् । यसलाई क्रेनको सहायताले राखिएको र यसमा दुई लाख आठ हजार सात सय ५२ फुटबल अटाउन सक्ने दाबी गरिएको छ ।