वैज्ञानिकले बनाए औंला जत्रो सानो पोर्टेबल क्यामरा

वैज्ञानिकले बनाए औंला जत्रो सानो पोर्टेबल क्यामरा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २२, २०७६

काठमाडौ‌ं, एजेन्सी । अमेरिकी वैज्ञानिकले शक्तिशाली पोर्टेबल क्यामराको निर्माण गरेका छन् । यो क्यामराको मद्दतले वायुमंडलीय रसायनको अध्ययन गर्न मद्दत गर्ने तथा प्रकाशका कारण नदेखिने वस्तु खोज्न सकिने बताइएको छ । 

यो क्यामराको विशेषता भनेको नै यसको आकार हो । यो मानव औंला जत्तिकै सानो छ । 

यो क्यामराको मद्दतले ध्रुवीकृत प्रकाशको तस्वीर लिन सकिनेछ । ध्रुवीकृत प्रकाश अर्थात प्रकाश जुन दिशामा कंपन गर्छ त्यसलाई मानिसको आँखाले देख्न सक्दैन् । तर केही किरा तथा झिंगाका प्रजातिले भने यसलाई देख्छन् । यसैमा आधारित रहेर वैज्ञानिकले यो क्यामरा विकसित गरेका हुन् ।

यो क्यामराले प्रकाश– मार्गमा  आउने वस्तुको बारेमा जानकारी आदान प्रदान गर्छ । 

अहिले ध्रुवीकृत प्रकाश कैद गर्नसक्ने क्यामरा नभएका होइनन् । तर, ती क्यामरा वस्तुको तनाव तथा कंट्रास्ट बढाएर मात्र तस्वीर खिच्न सक्षम छन् । यी क्यामरा आकारमा ठूला छन् ।  

यी क्यामरा स्वचालित वाहन तथा जहाजको भिजन  सिस्टममा लगाउँदा यसले दिशा पत्ता लगाउन मद्दत गर्छ । साथै यसलाई सेटेलाइटमा लगाएर वायुमंडलमा रहेको रसायन तथा नदेखिएका वस्तु खोज्न पनि सहयोग गर्छ ।