कलाकार सपना चौधरी भाजपामा

कलाकार सपना चौधरी भाजपामा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २२, २०७६

काठमाडौं, एजेन्सी । नयाँ दिल्लीमा आइतवार भारतीय जनता पार्टी (भाजपा)को सदस्यता वितरण कार्यक्रममा हरियाणाकी कलाकार सपना चौधरीले पनि सदस्यता लिएकी छन् । उक्त कार्यक्रममा  मध्य प्रदेशका पूर्व मुख्यमंत्री शिवराज सिंह चौहान, दिल्ली भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारी लगायत अन्य ठूला नेता समेत उपस्थित थिए । 

उक्त कार्यक्रममा सपना चौधरीका अलावा दिल्लीका पूर्व डीसीपी एलएन राव पनि भाजपामा शामिल भएका छन् । 

दिल्ली तथा हरियाणाको विधानसभा चुनाव अघि सपना चौधरी भाजपामा शामिल हुनुले पार्टीलाई चुनावी फाइदा हुनसक्ने पार्टीको मान्यता छ । दिल्ली तथा हरियाणामा सपना चौधरीका लाखौं फ्यान छन् । विधानसभा चुनावको दौरान सपनाले यी दुबै राज्यमा चुनाव प्रचार गर्न सक्ने समेत जनाइएको छ । 

यस भन्दा अघि पनि सपना चौधरीले  दिल्लीमा लोकसभा चुनावको अवसरमा भाजपा उम्मेदवारका लागि भोट मागेकी थिइन् । उनी दिल्ली भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारीका साथ रोड शो पनि देखिएकी थिइन् । त्यो बेला नै सपना चौधरी भाजपामा आउन सक्ने अड्कल गरिएको थियो । 

सपना चौधरी कैयौं पटक भाजपा प्रदेश अध्यक्ष मनोज तिवारीका साथ देखिएकी थिइन् । लोकसभा चुनावका अवसरमा उनले भाजपाका लागि आफूले पूरा भारतमा प्रचार गर्न पनि पछि नहट्ने बताएकी थिइन् । भाजपा मेरा लागि  परिवार तथा  राष्ट्र जस्तो हो, उनले भनिन् ।

यसै वर्षको मे महिनामा सपना चोधरीले कांग्रेस पार्टी प्रवेश गरेको भन्ने कांग्रेसले दावी समेत गरेको थियो । उनको कांग्रेसमा शामेल भएको भन्ने तस्वीर पनि भाइरल भएको थियो । 
तर उनले यो खबर गलत भएको बताएकी थिइन् ।  यूपी कांग्रेस सचिव नरेन्द्र राठीले भने उनी स्वयंले सदस्यता फर्म भरेको तथा उनको हस्ताक्षर समेत रहेको बताए । 

 सपना चौधरी हरियाणाकी चर्चित डांसर एवं एक्टर हुन् । । उनको ‘हट जा ताऊ’ गीत हिट भएको थियो ।