राहुल गांधीलाई वकिलले भने, वेलकम टू पटना

राहुल गांधीलाई वकिलले भने, वेलकम टू पटना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २२, २०७६

काठमाडौं, एजेन्सी । ‘सबै चोरको थर मोदी किन हुन्छ’ भन्ने चुनावी भाषण गरेका कारण अदालमा दायर भएको मानहानि केसमा बयान दिन राहुल गांधी पटना एमएलए कोर्टमा पेशीका लागि पुगेका छन् ।

जब राहुल कोर्ट रूममा प्रवेश गरे तब त्यहाँ रहेका वकीलले ‘वेलकम टू पटना’ राहुल भन्दा उनले थ्यांक्यू भनेर जवाफ दिए ।

सांसद एवं विधायकको मामिलामा सुनवाईका लागि गठन गरिएको विशेष न्यायालयमा  राहुल दिउँसो १ः५० मा पुगेका थिए ।

विशेष सुरक्षा गार्डका जवानबाट घेरिएका राहुल अदालतको खाजा समयमा पुगेका थिए । उनलाई हेर्न वकिलको पनि भिड लागेको थियो । 

जब २ः०० बजे अदालतको काम कारवाही शुरु भयो तब न्यायाधीशका सबै प्रश्नका जवाफ दिइसकेर उनी बाहिर निस्किए ।